अभिनव साहित्य समाजको गजल विशेष कार्यक्रम सम्पन्न

मितिः २०७०।०४।२५

काठमाण्डुको जोरपाटीमा अवस्थित अभिनव साहित्यसमाजको सभाकक्षमा गजल विशेष कार्यक्रम सम्पन्न भयो । अध्यक्ष गोबिन्द घिमिरे र ज्ञानुवाकर पौडेलको उपस्थितिमा ३० भन्दा बढि श्रष्टाहरूले रचना बाचन गरेर सुनाउनु भएको थियो । गजल बिशेष कार्यक्रम भएकाले गजलको बाहुल्यता देखिन्थ्यो । वालकवि पवन संग्रौलाको कविता वाचनबाट शुरू गरिएको कार्यक्रमको संचालन बाजुराम र परशुरामले गर्नु भएको थियो भने कार्यक्रममा उत्कृष्ट ठहरिएका गजलहरूलाइ प्रोत्साहित गर्ने बताइएको थियो । अर्को कार्यक्रम भदौमा गरिने र भैराव अर्यालको जयन्तिको अवसर पर्ने हुनाले भदौको कार्यक्रममा हास्यव्यङ्ग प्रधान रचनाहरू सुन्ने सुनाउने योजना रहेको बताइयो । कार्यक्रमको उरार्धमा ४ जना वालकहरूले रमाइलो नाटिका प्रदर्शन गरेका थिए ।

Leave a Reply

Your email address will not be published.