उर्वरमा कविता गायनसंगै स्वरको सम्मान

बलराम राई
२०६९।०३।१६

उर्वर साहित्य समाजले प्रत्येक महिनाको तेस्रो सनिवार आयोजना गर्दै आएको नियमित श्रृङ्खला २०६९ अषाढ १६ गते सनिवारका दिन आयोजित सिर्जना र स्रष्टाको सम्मानको नवौँ श्रृङ्खलामा गाइका काव्य आचार्य(तारा)–को स्वरलाई सम्मान गरियो । सिर्जना र  स्रष्टाको सम्मानको पहिलो श्रृङ्खलादेखि आठौँ श्रृङ्खलासम्म सम्मानित भएका विभिन्न श्रष्टाहरुको रचनाहरुलाई गाइका आचार्यले कोकिल कण्ठ  स्वरमा गाएका थिइन् । भीम दाहालको स्वागत मन्तव्यसंगै अगाडि बढेको कार्यक्रममा गाइका आचार्यले क्रमशः विभिन्न साहित्यकारहरु डिल्लिराज अर्याल, धीरेन्द्र प्रेमर्षि, नन्दा शर्मा, अतृप्त पाण्डेय आदिका रचनामाथि अत्यन्ते मिठो स्वरमा गाइन् ।

क्रान्तिकारी÷प्रयोगवादी कवि पूर्ण विराम शिवराजको दुर्विन कवितासंगै कार्यक्रममा आक्रमक शैलीमा मञ्चमा प्रस्तुत भएर आफ्नो कविता वाचन गरे । कवि विरामले कविता वाचन गरिसक्नु वित्तिकै तालीको गड्गडाहट मच्चिएको थियो । कार्यक्रममा गाइका आचार्यले आफ्नै २ वटा गीत पनि गाउन भ्याइन् ।

कार्यक्रममा कवि नवराज पहाडी, नारायण निराशी, प्रभाती किरण, मीनराज दुवाडी,निर्मला स्नेही, अतृप्त पाण्डेय, नारायण भण्डारी जनकपुरी, गोपाल कार्की, असीम सागर, इन्द्रजीत शर्मा चौलागाई, उत्तम भौकाजी, आदि साहित्यकारहरुले आ–आफ्नो रचना वाचन गरेका थिए ।

नेपाली लोकबाजा सङ्ग्रहालयका संस्थापक अध्यक्ष राम प्रसाद कँडेलले समग्र रुपमा कार्याक्रमका गतिविधिबारे टीका–टिप्पणी गरेपछि कार्यक्रमलाई औपचारिक रुपमा सभाध्यक्ष पारस ढकालले कविता वाचनसंगै समापनको घोषणा गरे ।

urber_9_550

Leave a Reply

Your email address will not be published. Required fields are marked *