उर्वर साहित्य समाजको सातौँ सृङ्खला सम्पन्न

बलराम राई

urber1_512

उर्वर साहित्य समाजको आयोजना र नेपाली लोकबाजा सङ्ग्रहालयको सहयोगमा सम्पन्न हुँदै आएको उर्वर साहित्य समाजको छैटौँ सृङ्खला २०६९ वैशाख १६ गते शनिवारका दिन नेपाली लोकबाजा सङ्ग्रहालय त्रिपुरेश्वरमा गीतकार,साहित्यकार तथा वरिष्ठ सञ्चारकर्मी नवराज लम्सालको प्रमुख आतीथ्यमा सम्पन्न भयो । कार्यक्रममा जनवादी गायक रामेश श्रेष्ठ, क्रान्तिकारी कवि पूर्ण विराम, नारदमणि हार्तम्छाली, रमण घिमिरे, विक्रम मैनाली, दिनेश खड्का, बलराम राई, पारस ढकाल, गायक नारायण रायमाझी, भीम दाहाल, किरण दर्पण लगायत अन्य दर्जनभन्दा बढी साहित्यकारहरुले आफ्नो रचना वाचन गरेका थिए ।  उक्त कार्यक्रम रेडियो नेपालबाट प्रशारण भइरहेको मधुवन कार्यक्रममा आगमी सुक्रबार विहान १० बजे र सनिबार दिउँसो २ बजे प्रशारण गरिने भएको छ । यो श्रृङ्खला नेपाली लोकबाजा सङ्ग्रहालयले आयोजना गरेको पालुवा बाजा उत्सवको समापनपछि निरन्तर रुपमा बलराम राईले सञ्चालन गर्नुभएको थियो । उक्त कार्यक्रम प्रत्येक महिनाको तेस्रो सनिबार हुने सूचना पनि आयोजक समितिले दिनुभएको थियो ।

urber2_512

Leave a Reply

Your email address will not be published.