कवि रेखा सुबेदीको कविता बाचन

“कवितामा रुपलंकार,बिम्बको भरमार भएर मात्रै हुन्न,स्पष्ट बिचार पक्ष र रुप पक्षको तादम्यताले कबिता बढी ओजिलो तथा जनपक्षीय हुन्छ।कला,बिचार र तालबाट कविता बन्छ।कवि रेखा सुबेदीको कवितामा सामाजिक बिकृती प्रति आक्रोश छ।समाज रुपान्तरणको आग्रह छ,तर बिम्ब र रुपको जञ्जालमा पाठकलाई पार्नु भन्दा कला,बिचार र ताललाई मिलाउन सके बढी प्रभाबकारी हुनेछ ।यस्को अर्थ नारा लेख्नु पर्छ भन्ने होईन।” यो बिचार प्रा केशव सुदेदीले जन साहित्यिक मन्च,नेपालबाट नियमितरूपमा संचालित अविरल जन साहित्य यात्राको ५६औ शृङ्खलामा कवि रेखा सुबेदीको एकल कविता बाचन पछि प्रमुख अतिथिको समिक्षात्मक टिप्पणीमा आफ्नो धारणा राख्नु भएको हो।बेलबारी मोरङ्गमा रहेर कविता मार्फत चेतनाको दियो बाल्दै कविता कोर्नु हुने कवि रेखा सुबेदीले आफुले ६ कविता बाचन गर्नु भयो।

श्रीमान ईसान राईका साथमा साहित्यिक तथा अन्य क्षेत्रमा कांधमा कांध मिलाएर अगाडि बढ्नु भएका कवि रेखा सुबेदीको कविता बाचनम साथ दिनु हुने कबिहरुमा कवि अनिल पौडेल ,रमेश शुभेच्छुक ,जयन्ता पोखरेल,यादब भट्टराई ,रामकुमार पण्डित र बन्धना राई हुनु हुन्थ्यो ।

२०७०साल चैत्र१४ बाट सुरु भएको यश शृङ्खलाको आज ५६ शृङ्खलामा कवि रेखा सुबेदीको कविता प्रस्तुत भएको हो। कार्यक्रमको सुरुमा अध्यक्ष राम बिनयले कबिको परिचय दिनु भयो र कार्यक्रमको बारेमा जानकारी गराउनु भयो।उहाँ ले जन
सांस्कृतिक महासंघका अध्यक्ष क खगेन्द्र राईको ममतामयी माता मनसरी राईको निधन शोकमा जसामको तर्फबाट श्रद्धाञ्जली व्यक्त गर्नु भयो।त्यसैगरी उहाले जन सांस्कृतिक महासंघका संस्थापक अध्यक्ष ,अविरल जन साहित्य यात्राका प्रथम कवि डा मोदनाथ प्रश्रीतको सुस्वास्थ्यको कामना गर्नु भयो ।साथै जसामहासंघका उपाध्यक्ष तथा जन साहित्यिक मन्च,नेपालका पुर्ब अध्यक्ष प्रा डा जिबेन्द्र्देब गिरी हालै प्रगतिशील लेखक संघको ११रौ राष्ट्रिय सम्मेलनबाट अध्यक्ष चुनिनु भएकोमा बधाई दिनु भयो।

काब्य संयोजक डा बिन्दु शर्माको संचालन र कोषाध्यक्ष यशोदा अधिकारीको तथा महासंघका संचार ब्यवस्थापन बिग्य किरण थापाको ब्यबस्थापनमा भएको अविरल ५६ को कार्यक्रममा अतिथिहरु जमामहासंघका अध्यक्ष द्वय खगेन्द्र राई,सरल सहयात्री ,सासंद कवि खेम नेपाली ,जसाम नेपाल का सल्लाहकारहरु ,नेपाल प्रज्ञाप्रतिष्ठानका सदस्य सचिब प्रा जगत प्रेक्षित,प्रा प्रा डा हेमनाथ पौडेल,प्राडा देबी नेपाल ,सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापा,जसाममासंघका महासचिव प्रेमनाथ अधिकारी,सचीव कृपाराम धमला,प्रलेस सचीव आर सि नेउपाने,प्राडा रामप्रसाद ग्येवाली,जसामका सल्लाहकार शार्दुल भट्टराई,प्राडा बद्री विशाल, मातृका पोखरेल,कमला पराजुली , जसामका उपाध्यक्ष नर्मदेस्वरी सत्याल,एलाक लगायत निकै धेरैको संख्यामा कबि,कलाकार ,लेखकहरुको उपस्थिती थियो।

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *