‘कामरेडको कथा’ सङ्ग्रह विमोचन

काठमाडौं, ११ पुस ।

लेखिका गायत्री विष्टको कृति ‘कामरेडको कथा’ आज राजधानीमा विमोचन गरिएको छ । उनको उक्त कृतिको (नेकपा एमाले)का महासचिव ईश्वर पोखरेलले विमोचन गरेका हुन् ।

image

यसअघि विष्टका आँखाको निसान, स्वरलहरी, पुन्टू र पुन्टे, खरायो साथी, आगो, चित्रको चित्र, ढुङ्गा मेरो खोज, चित्रभित्र लुगेका शब्द, जासुस मुसो, कका किकीलगायतका १८ वटा बालसाहित्य प्रकाशित भइसकेका छन् । मण्डप बुक्सले प्रकाशन गरेको कामरेडको कथा सङ्ग्रह हो । एक सय चार पृष्ठ लामो सो कथा सङ्ग्रहमा १७ वटा कथा सङ्ग्र्रहित छन् । कार्यक्रममा महासचिव पोखरेलले नबोदित साहित्यिक स्रष्टा विष्टको कामरेडको कथा सङ्ग्रह पठनीय र सङ्ग्रहनीय रहेको बताए ।

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले विष्ट नेपाली साहित्य जगतमा बहुआयामिक सशक्त हस्ताक्षरका रुपमा सक्रिय र प्रतिबद्ध नारी स्रष्टा भएको धारणा राखे ।

कार्यक्रममा पत्रकार श्रीराम पौडेल, साहित्यिक परिवार नेपालकी अध्यक्ष विज्ञेता कार्की, साहित्यकार विनोद मञ्जन, प्राज्ञ नर्मदेश्वरी उपाध्याय लगायतले लेखिका विष्टको व्यत्तित्व र कृतित्वकाबारेमा आ–आफ्नो धारणा राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *