क्षितिज रोईरहेछ बिमोचन सहित १४५औं मोती जयन्ती धुमधाम सम्पन्न

१७ सेप्टेम्बर २०१० (असोज १, २०६७)

शुक्रबार संयुक्त अरब ईमिरेट्सको राजधानी आवुधाबी स्थित केरला सोसीयल सेन्टरको हलमा सर्वदा वाङ्मय प्रतिष्ठान् यूएई शाखाले १४५औं मोती जयन्ती एक समारोहका साथ सम्पन्न ग–यो । प्रतिष्ठानका अध्यक्ष लक्ष्मण सापकोटा ‘बिकल्प’ले सभापतित्व गर्नु भएको कार्यक्रममा प्रमुख अतिथि नेपाली राजदुतावास यूएईका नियोग उप प्रमुख श्री दिपक अधिकारी र बिशेष अतिथि जनजाती महासंघ यूएईका केन्द्रिय अध्यक्ष श्री भुवन राई रहनु भएको थियो ।

   

उक्त कार्यक्रममा दिपराज नेयोङ्गहाङ्गद्धरा र्सिजित ‘क्षितिज रोईरहेछ’ कवितासंङ्ग्रह प्रमुख अतिथि नेपाली राजदुतावस यूएईका श्री दिपक अधिकारीबाट बिधिवत रुपले बिमोचन गरिएको थियो । सोही अवसरमा यूएई प्रवासमा कार्यरत कवि तथा साहित्यनुरागीहरुले आफ्ना रचना कविता, गजल, गीत, कथा आदि बाचन गर्दै मोतीराम भट्ट प्रति अपार श्रदा प्रकट गरेका थिए ।

‘तिमीले गरेका बाचा पनि
तिमीले भनेका ति पङ्ति पनि
मेरो मनमा त छापिएको छ
तिम्रो बिहेमा गको जन्ती बनि’ 

कृष्ण ‘निश्चल’को आफ्नै शब्द संगीतबाट शुरु गरिएको कार्यक्रममा नारायण सागर थापा, प्रशान्त खरेल, जे.पी. सापकोटा, अन्जान बोहोरा ‘चतूरे’, सालिकराम पन्थ, ‘कान्छो’, दिपक अधिकारी, चन्द्रसिं चेम्जोङ्ग, निशान लिम्बु, गिरीधारी रिजाल, जिवन पाण्डे, रामेश्वर चौधारी, गणेश भुजावा, मेघ भक्त पुडासैनी, गजेन्द्र चौधारी, दिपक खड्का, कृष्ण खड्का ‘निरश’, शिवराम गिरी जस्ता कविहरुले कविता, गजल, कथा, प्रस्तुत गरेका थिए ।

सो कार्यक्रममा प्रतिष्ठानका केन्द्रिय सदस्य तथा कवि दिपराज नेयोङ्गहाङ्गले भर्खरै बजारमा रेर्कडिङ्ग भएर आएको रुपक बनवासीको गजल गीत ‘प्रेम पत्र लेख्दै पातपातमा हिंडियो कुनै बेला, दिदै कतिलाई हातहातमा हिंडियो कुनै बेला’ लाई गीतारको धुन सहित प्रस्तुत गरेर उपस्थित सम्पुर्ण दर्शकहरुलाई थप मानोरञ्जन दिलाएका थिए ।

कार्यक्रममा नेपाली एकता समाज यूएईका केन्द्रिय उपाध्यक्ष श्री कृष्ण जी.सी, प्रवासी नेपाली संघ यूएईका केन्द्रिय संवाद सचिव श्री श्याम पाठक, जनसम्पर्क समिती यूएईका केन्द्रिय उपाध्यक्ष श्री खेमराज बस्नेत, अन्तराष्ट्रिय नेपाली साहित्यीक समाज यूएई च्याप्टरका महासचिव श्री गिरीधारी रिजाल, साहित्य प्रेमी बिनिता मैनाली ‘बिमली’ले यूएईमा सर्वदा वाङ्मय प्रतिष्ठान् शाखाको निरन्तर सकृयतालाई प्रशंसा गर्दै शुभकामना प्रदान सहित युवाकवि मोतीराम भट्टको बरेमा चर्चा परिचर्चा गरेका थिए । यसै क्रममा बिशेष अतिथि श्री भुवन राईले, माया पिरतीको बिषयमा मात्रै लेखिने यो गजल बिधा अब देशको बारेमा, राजनितिकारहरुलाई सचेत पार्नुको निम्ती पनि लेखिनु पर्छ भन्ने भनाई राख्नु भएको थियो ।

उद्धघोषक चेतन कार्कीले कार्यक्रमको बिच बिचमा बिशेष स्रष्टाद्धारा लिखित गजललाई वाचन गर्दै कार्यक्रम संचालन गरेका थिए । साथै सर्वदा वाङ्मय प्रतिष्ठान्को नव गठित श्रेत्रिय समितिका पदाधिकारीसँग परिचय गराईएको थियो ।

अन्तमा सभापति लक्ष्मण सापकोटा ‘बिकल्प’ले कार्यक्रममा सहभागी सम्पूर्ण कवि तथा साहित्यनुरागीहरुलाई यूएई प्रवासमा निरन्तर नेपाली भाषा साहित्यको विकास गर्न र साहित्य सृजनामा लगिरहन साथै उपस्थित अन्य संघ संस्थाका प्रमुख र प्रतिनिधिहरुलाई मुलुक प्रति सदैव संवेदनशील र चिन्तित हुनको लागी आव्हान गर्दै कार्यक्रमको समापन गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *