साहित्यकार गायत्री विष्टद्वारा लिखित कवितासङ्ग्रह ‘सङ्घर्षको मैदानमा’ को विमोचन भएको छ ।
साहित्यिक परिवारद्वारा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री गौतमले उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतमले विष्टको नयाँ कृति विमोचन गरे । कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री साहित्यले समाजलाई रूपान्तरण गर्न सघाउनुपर्ने धारणा राखे ।
साहित्यकार विष्टले छोरी विज्ञता कार्कीको १३औँ जन्मोत्सवका अवसरमा सो पुस्तक प्रकाशन गरेकी हुन् । सहित्यकार विष्टकी छोरी विज्ञताको १०औँ जन्मोत्सवका अवसरमा विज्ञताका बुबा साहित्यकार विनोद मञ्जनले एकैसाथ १० वटा निबन्ध कृति प्रकाशन गरिसकेका छन् ।
आजकै कार्यक्रममा मञ्जनले छोरीको १५औँ जन्मोत्सवमा आफूहरूले संयुक्तरुपमा १५ वटा नयाँ कृति प्रकाशन गर्ने घोषणा गरे ।
कार्यक्रममा नेकपा (एमाले)का नेता प्रदीप नेपालले मञ्जन, विष्ट र कार्कीको साहित्यिक परिवारले समाजलाई नयाँ र उन्नत संस्कृतितर्फ लैजान भूमिका निर्वाह गरेको बताए ।
समालोचक डा जीवेन्द्रदेव गिरीले विमोचित पुस्तकले विष्टको कवि व्यक्तित्वलाई थप उजागर गरेको उल्लेख गरे । प्रगतिशील लेखक सङ्घका अध्यक्ष अमर गिरीले ‘सङ्घर्षको मैदानमा’ कविताकृतिमा विचार र कला पक्षको उचित समन्वय गरेको उल्लेख गरे ।
(Source-www.npnews.net)