गैरआवासीय नेपालीहरुको पाँचौ क्षेत्रीय सम्मेलन सफलतापूर्वक सम्पन्न

सामूहिक लगानी तथा सुरक्षित आप्रवासन मूल आव्हान सहित जनवरी १४–१६, २०११ मा गैरआवासीय नेपालीहरुको पाँचौ क्षेत्रीय सम्मेलन सफलतापूर्वक सम्पन्न भएको छ । सम्मेलनमा अभिव्यक्त विचारहरुलाई समेटेर १२ बूँदे घोषणापत्र जारी गर्दै संयुक्त अरब इमिरेट्स्को दुबईमा सम्पन्न यो सम्मेलनले नेपाल र नेपालीहरुको हितका महत्वपूर्ण बिषयलाई संबोधन गरेको छ ।

प्रेस विज्ञप्तिमा भनिएको छ – वैदेशिक रोजगारीमा जाने नेपालीहरुको सूचनाको आवश्यकतालाई पहिचान गरी नेपाल सरकार र निजी क्षेत्रसंगको सहकार्यमा नेपालका सबै गाउँ बिकास समिति र नगरपालिकाहरुमा वैदेशिक रोजगार सम्बन्धी सूचना पुस्तिका वितरण गर्ने, मध्यपूर्व क्षेत्रमा रहेका कामदारहरु विशेष गरि महिलाहरुको व्यक्तिगत र रोजगार सुरक्षाको बिषय जटिल वनिरहेको निष्कर्ष सहित कामदारको आवश्यक सिप प्रवद्र्धन गर्ने, महिला रोजगारी समस्या जटिल भएको मध्यपूर्वी राष्टहरुमा दुतावासको स्थापनाकोलागि अनुरोध सहित सबै कुटनीतिक नियोगमा अनिवार्य रुपमा महिला कर्मचारीको व्यवस्थामा जोड, वैदेशिक रोजगार बजार अनुसन्धान, पहिचान, विविधिकरण र प्रवद्र्धनमा नेपाल सरकार, निजी क्षेत्र तथा गैरआवासिय नेपाली संघ बीच सहकार्यमा जोड, गैरआवासीय नेपाली सामुहिक लगानी कोष स्थापनाका लागि बिगतमा भएका प्रतिवद्धतालाई मुर्तरुप दिन नेपाल राष्ट बैंक, धितोपत्र बोर्ड, बैंकिग क्षेत्र र गैरआवासिय नेपाली संघका प्रतिनिधि सहितको सात सदस्यीय कार्यदल यथासिघ्र गठन गर्ने प्रस्ताव अनुसार यसको संयोजनका लागि नेपाल राष्ट्र बैंकलाई अनुरोध, अब बन्ने संविधानमा गैरआवासिय नेपाली समुदायको अपेक्षा बमोजिम एक पटकको नेपाली सधैको नेपाली रहने व्यवस्थाकोलागि आग्रह आदि सम्मेलनका महत्वपूर्ण उपलब्धि हुन् ।

यसै गरी सम्मेलनको सफलताको लागि उपप्रधान तथा परराष्ट्रमन्त्री, श्रम तथा यातायात व्यवस्था मन्त्री, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार, नेपाल राष्ट्र बैंकका गभर्नर, संविधानसभाका सदस्य, खाडी क्षेत्रका नेपाली कुटनीतिक नियोग प्रमुखहरु, नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरु, बैंकिंङ क्षेत्रका कार्यकारी प्रमुखहरु प्रति कृतज्ञता ब्यक्त गरिएको छ ।

(News Based on the press release)

Leave a Reply

Your email address will not be published. Required fields are marked *