जन साहित्त्यिक मन्च नेपालको  ३६औ शृङ्खला सम्पन्न

जन साहित्त्यिक मन्च नेपालको नियमित माशिक कार्यक्रमको ३६औ शृङ्खलामा आज कवि हरी माया हरिमाया भेटवाल को एक दरजन भन्दा बढी कविता प्रस्तुत भयो।प्रमुख अतिथि शान्ता मानबिले यस प्रकारको कार्यक्रम आयोजना गरेर जसामले लुकेको प्रतिभाहरुलाई प्रोत्साहन गरेकोमा प्रशंसनीय काम गरेको बिचार राख्नु भयो।राम बिनयको अध्यक्षता,बिनोद मन्जनको उद्घोषणमा संचालित कार्यक्रम राष्ट्रिय गान बाट सुरु भयो।कवि हरी मायाको ब्यक्तितब र कबित्वको बारेमा डा बिन्दु शर्माले प्रकाश पार्नु भयो भने बाचित कविताका बारेमा डा रजनी ढकालले बिश्लेष्णात्मक चर्चा गर्नु भयो।हरीमायाको कविता पाठ गर्न साथ दिनु हुने कबिहरुमा कवि अनिता लामा,यशोदा अधिकारी,जयन्ती स्पन्दन,जयन्ता पोखरेल,बीना तामाङ रअजमी पौडेल हुनु भयो।

​कविता लेखनको पृष्ठभुमि सहित प्रस्तुत भएको सो कार्यक्रममा कवि बिजय सुब्बा ,बासुदेब अधिकारी,ड्म्बर पहाडी ,जङग पहाडी ,प्राज्ञ सानु पहाडी,डा षडानन्द पौडेल लगायत लेखक,कबिहरुको उपस्थिति थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *