शालीकराम पन्थ, आवुधाबी यूएई
३१ डिसेम्वर २०११को दिन यूएईको राजधानी आवुधाबीको कर्नेस एरियामा सर्वदा वाङ्मय प्रतिष्ठान यूएईले भब्य रुपमा बनभोज कार्यक्रम सम्पन्न ग–यो ।
नयाँ बर्षको आगमानको स्वागतसँगै पुरानो बर्षलाई बिदाई गर्दै खुला चौरमा जोडदार साँस्कृतिक कार्यक्रमको गरेको थियो । साँझको ६ बजेबाट सुरु भएको सो बनभोज कार्यक्रममा सर्वदा वाङ्मय प्रतिष्ठान् यूएई केन्द्रिय शाखा अध्यक्ष श्री लक्ष्मण सापकोटाको मातृशोक परेको कारण अनुपस्थिती मा श्रेत्रिय अध्यक्ष श्री गजेन्द्र चौधरीले औपचारिक रुपमा कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा नेपालमा आफ्नो एल्वम निकाली सकेका कलाकारहरुको उपस्थिती रहेको थियो । मादल, गीटार, सारंङ्गीका धुनहरु यस खुला चौरमा बज्दा अरब मुलुकका मानिस साथै बिभिन्न देशका मानिसहरु नजिक झुम्मिएका थिए । आफ्नो देशको बिषम परिस्थिती देखि बिरक्तिएर कलाकारहरुले देशभक्ति गानाहरु एकपछि अर्को गाईरहेका थिए ।
खुशी परियारको आफ्नै शब्द, स्वरमा ‘हुदैन होला अब त भेट, घर धेरै टाढा छ ’ जस्तो मार्मिक संगीतबाट सुरु भएको सांगितिक कार्यक्रममा शिशिर परियारको आधुनिक गीत तथा बिच बिचमा रिमिक्स भाकाहरुले उपस्थित सम्पूर्ण र्सिजनशील मित्रहरुलाई थप मनोरञ्जन प्रदान गरेको थियो । अर्का गायक दिपक पर्छाइको जनवादी गीत ‘समयमै नबनेमा नेपालको जन संबिधान प्रवासी नै फर्कनेछन् बाजी थाप्दै आफ्नो जिउ ज्यान’ बोलको गीत पस्किदा न त पत्रकार जेपी सापकोटा सुनेर बस्ने सकें न त प्रतिष्ठान्का केन्द्रिय सचिव चन्द्रचेतूँले मन थाम्न सकें ।
अपरिचित नेपाली साथीहरुलाई पनि सजिलै परिचय गराई दिने ढाकाको टोपी ढल्काएर जेपी सापकोटा घरि संगीतको लयमा लय मिलाउँथे भने घरि कम्मर मर्काउैदै नाच्न थाल्थे । ६ बजे देखि संचालन भएको कार्यक्रममा खुशी परियार, शिशिर परियार, बिमला तामाङ्ग, जुना पर्छाइ, दिपक पर्छाइ, सन्दिप तामाङ्गले संगीत पस्केका थिए ।
त्यस सुखद् घडीमा जिन्दगीमा पहिलो पटक संगीत गाउँनेहरु तथा जिन्दगी पहिलो पटक नृत्य गर्नेहरु पनि थिए ।
करिब ५० जनाको उपस्थित उक्त कार्यक्रममा सर्वदाका केन्द्रिय सदस्य तथा अर्थिक समितिका संयोजक श्री दिपक अधिकारीले सर्वदाको आउँदो कार्यक्रम जनवरी २१ म हुने जानकारी गराएका थिए । नेपाल पर्यटक बर्षलाई सफल बनाउन हरेक नेपाली दाजुभाईलाई भिजिट नेपाल २०११ अंकित टिसर्ट लगाएर हिंड्न अनुरोध गरिएको थियो । सोही अवसरमा सर्वदा वाङ्मय प्रतिष्ठानको हरेक कार्यक्रममा उपस्थित भई संगीत प्रस्तुत गरेर दर्शकहरुलाई मनोरञ्जन दिलाउने बिमला तामाङ्ग बिरामी अवश्थामा रहेको जानकारी पाएर केही आर्थिक सहयोग गर्ने निर्णय गरेको थियो ।
रातको ११ः०० बजे पछि बनभोज कार्यक्रमको संयोजक दिपक खड्काले बनभोज कार्यक्रम बिधिवत रुपमा समापन भएको घोषणा गरेका थिए ।
