यौन तथा सामाजिक हिंसाबाट पीडित महिला तथा चेलीवेटीकोउद्धार गर्दै आएको माइती नेपालकी संस्थापक अनुराधा कोइराला सिएनएन हिरो २०१० घोषित भएकी छिन् । उत्कृष्ट १० भित्र परेकि अनुराधा, सिएनएनले उसको आधिरिक वेभसाइटमा CNN Hero को लागि गरेको अनलाइन भोटिङमा उत्कृष्ट भएकी हुन् ।
माईति नेपाल नामक उनको गैह्रसरकारी संस्थाले दलाल तथा बिभिन्न माध्यमद्वारा विदेशमा वेचिएकी नेपाली चेलीहरूको उद्धार गरी उचित शिक्षा, सामाजिक सुरक्षा, स्वास्थलगायतका विभिन्न मानविय सेवा प्रदान गर्दै आएको छ । सन् १९९३ देखि अहिले सम्ममाइती नेपालले यौन तथा सामाजिक हिंसाबाट पीडित करीव १२ हजार भन्दा बढी नेपाली महिला तथा चेलीवेटीकोउद्धार गरेको छ ।