नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको ३६औं वार्षिक उत्सव सम्पन्न

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको ३६ं वार्षिक उत्सव संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रि एवम् परिषदका अध्यक्ष माननीय लाल बाबु पण्डितको प्रमुख आतिथ्यमा सम्पन्न भयो ।प्रतिष्ठानका कार्यकारी निर्देशक श्री पुण्यप्रसाद न्यौपानेले अध्यक्षता गर्नु हुने कार्यक्रममा अतिथिहरू राष्ट्रिय योजना आयोगका उपाध्यक्ष एवं प्रतिष्ठान प्रशिक्षण परिषद् सदस्य माननीय डा. पुष्पराज कँडेल, पूर्व कार्यकारी निर्देशकहरू श्री गोपालजंग रायमाझी, श्री गोरक्ष बहादुर न्हुच्छे प्रधान उपस्थित हुनुहुन्थ्यो ।

उक्त अवसरमा प्रमुख अतिथि माननीय मन्त्रिज्यूले नेपाल राष्ट्रीय शासकिय सर्वेक्षण प्रतिवेदन (Nepal National Governance Survey), निजामती सेवाको सक्षमता प्रारूप सम्बन्धि प्रतिबेदन र व्यवस्थापन तथा विकाश सम्बन्धी जर्नलको नयाँ संस्करणको सार्वजनिककरण गर्नुभयो साथैप्रतिष्ठानका पुर्व कार्यकारी निर्देशक श्री गोपालजंग रायमाझीलाइ अभिनन्दन गर्दै वार्षिक उत्सवको अवसरमा आयोजित बिभिन्न अतिरिक्त कृयाकलाप तथा खेलकुद कार्यक्रमका बिजेताहरूलाइ पदक तथा प्रमाणपत्र पनि प्रदान गर्नुभयो । त्यसैगरी प्रमुख अतिथी माननीय मन्त्रिज्यूले प्रतिष्ठानमा २० वर्षभन्दा बढी सेवा गर्नुहुने कर्मचारीहरू श्री बिनोद कुमार बिष्ट, डा. रघु बिष्ट, श्री सुन्दर श्रेष्ठ, श्री कल्पलता दाहाल, श्री काँशीनाथ रेग्मी र श्री आनन्दकृष्ण भट्टलार्इ दीर्घ सेवा सम्मान पनि प्रदान गर्नुभयो । साथै प्रतिष्ठानको आर्थिक वर्ष २०७४/७५ का उत्कृष्ट कर्मचारीको रूपमा प्रशिक्षण तर्फ अध्ययन उपनिर्देशक श्री शिवहरी अधिकारी, प्रशासन समूहमा श्री आनन्दकृष्ण भट्ट तथा उत्कृष्ट सहयोगी कर्मचारीको रूपमा श्री सानुमाया श्रेष्ठलार्इ प्रमुख अतिथिबाट नगद पुरस्कार तथा कदरपत्र प्रदान गर्नुभएको थियो । कर्यक्रममाविभिन्न साँस्कृतिक कार्यक्रम पनि योजना गरिएको थियो । कार्यक्रमको संचालन अध्ययन निर्देशक श्री बशन्तराज सिग्देलले गर्नु भएको थियो ।

कार्यक्रममा उपस्थित अतिथिहरूलार्इ प्रतिष्ठानका उपकार्यकारी निर्देशक खुमराज पुँजालीले स्वागत गर्नुभएको थियो । स्वागत मन्तब्यको क्रममा उहाँले यस प्रतिष्ठानले समयानुकुल फुलाइ परिमार्जन गर्दै लगेको छ भन्दै नेपाल सरकार र सार्वजनिक संस्थालाइ वश्यक परेको साथ सहयोग गरिरहेको र गत बर्ष १७२५ प्रशिक्षार्थीहरूलाइ प्रशिक्षण गरिसकेको बताउनुभयो । यस पटक पनि मंसिर ३ गते देखि नेपाल सरकारका ३७२ नवनियुक्त शाखा अधिकृतहरूलाइ धारभुत प्रशिक्षण प्रदान गर्ने बताउँदै अनुसंधान र परामर्षको क्षेत्रमा पनि नेपाल सरकार र राष्ट्रको वश्यकता अनुरूपको प्राथमिकता क्षेत्रमा प्रतिष्ठानका कर्मचारीहरूलाइ संलग्न गराउँदै लगेको बताउनुभयो ।

नेपाल राष्ट्रिय शासकिय सर्वेक्षण २०७४/७५ को बारेमा मन्तब्य दिँदै अध्ययन निर्देशक श्री त्रिलोचन पोखरेलले यो सर्वेक्षणले governance का बिभिन्नयामहरूको गहन र गम्भीर बिश्लेषण गरेको छ । यस सर्वेक्षणको लागी धेरै संस्थाहरूको महत्वपुर्णर्थिक, प्राविधिक तथा सैद्धान्तिक सहयोग रहेको छ ।

निजामती सेवाको सक्षमता प्रारूप सम्बन्धि प्रतिबेदनको बारेमा मन्तब्य दिँदै अध्ययन निर्देशक श्री बशन्तराज सिग्देलले यो अध्ययनले निजामती कर्मचारीको सक्षमतालाइ Integrity, Leadership, Result oriented, Service oriented, Communication लगायतका ११ सक्षमताहरूमा बिश्लेषण गरेको बताउनुभयो ।

सम्मानित प्रतिष्ठानका पूर्व कार्यकारी निर्देशकगोपालजंग रायमाझीले ३७ं वर्ष प्रवेशसँगैफुलाइ दिइएको सम्मान प्रति धन्यवाद र कृतज्ञता व्यक्त गर्दै प्रतिष्ठानले ३६ बर्षमा संख्यात्मक र गुणात्मक रूपमा धेरै फड्को मारिसकेको छ भन्ने बताउँदै पहिलेको बिदेशी परामर्षदातामा भर पर्नु पर्ने अबस्थाको अन्त्य यस प्रतिष्ठानले गरेको छ र गामी दिनमा अझ प्रगति गर्दै जावोस् भन्ने कामना ब्यक्त गर्नुभयो ।

प्रतिष्ठानका प्रथम कार्यकारी निर्देशक गोरक्ष बहादुर न्हुच्छे प्रधानले मन्तव्यको क्रममा सम्मानित ब्यक्तित्व गोपालजंग रायमाझीलाइ हार्दिक बधाइ दिँदै प्रतिष्ठानको अहिलेको नेतृत्वले गर्दा नै प्रतिष्ठानले वर्तमानको उपलब्धि प्राप्त गरेको हो निजामती सेवालाइ परिमार्जन गर्न यस प्रतिष्ठानले दृष्टीकोण राखेर कार्य गर्न सकोस् भन्ने शुभेच्छा ब्यक्त गर्नुभयो ।

राष्ट्रिय योजना योगका उपाध्यक्ष माननीय डा. पुष्पराज कँडेल ले इतिहाँसको संस्मरण गर्ने र सम्मान गर्ने परिपाटीलेनै भावी पुस्तालाइ मार्गनिर्देशन गर्छ भन्ने बताउँदै यो प्रतिष्ठान गुरू प्रतिष्ठान रहेको र सबैलाइ उत्प्रेरणा दिने कार्यमा लागिरहेको छ र अझै लागिरहोस् भन्ने शुभेच्छा ब्यक्त गर्नु भयो ।

प्रमुख अतिथि माननीय मन्त्रिज्यूले यस प्रतिष्ठानले यो अवस्थासम्म आइपुग्दा धेरै घुम्तीहरू पार गरेको छ र अझ धेरै चुनौतीहरू सामना गर्नु पर्ने छ । अहिले मुलुकले धेरै समस्या भोगीरहेको छ, काँधमा जिम्मेवारी बोक्नेहरूको कमी देखिएको छ भन्ने बताउँदै यहाँबाट प्रशिक्षित हुनेहरूले जिम्मेवारी म बोक्न चाहान्छु भन्ने दृढ संकल्पित बनाउन यस प्रतिष्ठानलाइ अनुरोध गर्छु भन्ने बताउनुभयो । नेपालको प्रशासनमा अलि अलि अनुशासन खुकुलो हुँदै गएको, जिम्मेवारी वहन गर्ने चाहना कम हुँदै गएको र सिकेका ज्ञान र शीप कार्यक्षेत्रमा प्रयोगको पनि कमि हुँदै गएको देखिएकोले प्रतिष्ठानले मन मुटुले कार्य गर्न सक्ने प्रशिक्षार्थी तयार गर्न सहयोग गरोस् भन्ने चाहना ब्यक्त गर्नुभयो । यहाँबाट प्रशिक्षित हुनेले राष्ट्रको लागी योगदान दिनसक्ने समय भएमा मात्र मनोनयन स्वीकार्नु पर्छ प्रतिष्ठानले भन्ने बताउँदै यस प्रतिष्ठाने शासकिय सुधारमा सहयोग गर्न प्रतिष्ठानलाइ सरकारको सबै किसिमको सहयोग रहनेछ भन्ने बताउनुभयो । परिवर्तनलाइ बोक्न नसक्नेको आवश्यकता नेपालको प्रशासनमा नरहेको पनि उहाँले बताउनुभयो ।

सभा विसर्जन गर्दै प्रतिष्ठानका कार्यकारी निर्देशक श्री पुण्यप्रसाद न्यौपानेले सम्मानित पुर्व कार्यकारी निर्देशक, उत्कृष्ट कर्मचारीहरू अन्य पुरस्कृत कर्मचारीहरू लाइ बधाइ छ भन्ने बताउनुभयो । माननीय मन्त्रिज्यूको दृढ सहयोग को लागि हार्दिक आभार ब्यक्त गर्नुभयो । हामी नेपाल सरकार र सार्वजनिक सेवाको आवश्यकता अनुसारको प्रशासनको सुधार गर्न यस प्रतिष्ठानले गर्नुपर्ने भूमिका निर्वाहा गर्न यो प्रतिष्ठान तत्पर रहेको छ भन्ने बताउँदै यस प्रतिष्ठानको क्षमता विकाश र पुर्वाधार विकाश अहिले प्रतिष्ठानको आवश्यकता रहेको बताउनुभयो । पुर्व कर्मचारी साथीहरूको सुझाव, साथ, सहयोग र उपस्थितीको लागी हार्दिक आभार व्यक्त गर्नुभयो । अन्त्यमा समारोहमा उपस्थित हुने सबैलाइ हार्दिक धन्यवाद र आभार ब्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *