प्रजातन्त्रवादि नेतृ आङ्सान सुकि नजरबन्दबाट रिहा

शनिवार, २७ कार्तिक २०६७ 
(Photo : AFP) 

 

सन् १९९१ को नोबेल शान्ति पुरस्कार विजेता म्यानमारकि प्रजातन्त्रवादि नेतृ आङ्सान सुकिलाइ जुन्ता सरकारले नजरबन्दबाट आज रिहा गरेको छ । यो उनको रिहाइको तेस्रो पटक हो । यो भन्दा अघि २ पटक नजरबन्दमा परेर रिहा भएकि सुकिले पटक पटक नजरबन्दको अवज्ञा गरेकि थिइन् । उनको रिहाइ लगत्तै शुरक्षा व्यवस्था कडा गरिएको छ । यधपि आइतबार हुने निर्वाचनमा सुकि भाग लिन पाउनेछैनन् ।  

उनको रिहाइ लगत्तै सयौं समर्थकहरू जो उनको रिहाइको प्रतिक्षा गरेर बसिरहेका थिए, उनलाइ भेट् हतारिएर कुदेका थिए । उनि वाहिर गेटको छेउमा पुग्न नपाउँदै उनिसँग हात मिलाउन खोज्नेहरूको संख्या निकै भैसकेको थियो । आफ्ना समर्थकहरूसँग बोल्दै उनले भनिन् “तपाइहरू सबैलाइ फेरि देख्न पाउँदा अत्यन्त खुशि लागेको छ” । साथै उनले आफ्ना समर्थकहरूलाइ आइतबार उनको पार्टि नेशनल लिग फर डेमोक्रेसिको मुख्यालयमा भेटेर सम्बोधन गर्ने कुरा पनि बताइन् । 

अमेरिकि राष्ट्रपति बाराक ओबामाले उनको शाहसको मुल्याङ्कन गर्दै शनिबार भने “वर्मा सरकारले सुकिको आवाज वन्द गर्न र वाहिरि संसार सँग सम्पर्कविहिन गराएर राख्न निकै लामो समय प्रयास गरिरहे पनि उनले वर्मामा प्रजातन्त्र, शान्ति र परिवर्तनको पक्षमा साहसिलो लडाइ लडिरहिन् । उनि मेरो नायिक हुन् र अरू जो वर्मामा र विश्वमा आधारभुत मानवअधिकारको संरक्षणमा लागिरहेका छन्, तिनिहरूको लागि पनि प्रेरणाको स्रोत हुन् । अमेरिका वर्मेलि जनता डर र संत्रासबाट मुक्त हुने समयको प्रतिक्षा गरि रहेको छ ।”

1 Comment

  1. Your keen interest and genuine nosy sense of human emanicipation is highly apreciated for the news of Ang Sang Su-kyi’s release from long bondage.

Leave a Reply

Your email address will not be published. Required fields are marked *