प्रज्ञा प्रतिष्ठानमा भैरहेका बिसङ्गतीका बिरूद्ध अख्तियारमा उजुरी

नेपाल प्रज्ञा प्रतिस्ठान कमलादीमा अनेकौँ अख्तियारको दुरुपयोग गरी काम भैरहेको भन्दै सरोकारवालाहरूले हालै अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन् । प्रतिष्ठानका प्रशासन प्रमुख आफैँ कानुन विषयमा बिएल गरेका र प्रशासनको उपप्रमुख पदमा रहेका राजेन्द्रकुमार शाही स्वयम वकिल हुँदाहुँदै प्रतिष्ठानमा अनावश्यक रुपमा विगत वर्षदेखि नै कानुनी सल्लाहकार राखेर पैसा ख्वाएको भेटिएको, एक जना महाशाखा प्रमुखलाई कुनै काम नदिई हात बाँधेर बस्न बाध्य पारिएको, सक्षम भनेर स्थापित महाशाखा प्रमुखको सट्टामा प्राज्ञ सभामा रहेका व्यक्तिलाई हप्ताको १ दिन मात्रै हाजिर गराउने भनी विना हाजिरी मासिक रुपमा ४० हजार रुपियाँ दिएर काम लगाएको भेटिएको, आर्थिक वर्ष २०८०।८१ को लागि बजेटको सीमा तोक्दा त्यो बजेटको सीमाभित्र दरबन्दी बाहिरका अधिकृतदेखि बहिदारसम्म ३० जनाभन्दा बढी कर्मचारीको तलब भत्ता एलएमबिआइएसमा राखेको पाइएको, प्रतिस्ठानले गर्ने अध्ययन अनुसन्धान, प्रकाशन गोष्ठी लगायतका कुनै ध्यान नदिने प्राज्ञिक उच्चतालाई ख्याल नगर्ने स्थायी कर्मचारीलाई काम नदिने चाकडीका आधारमा सहज हुने गरी सरुवा गर्ने, स्थायी कर्मचारीलाई दुःख दिने अनि करार कर्मचारी राख्ने काम हुने गरेको, सरकारसँग बजेट कम भएको भनी बजेटको सीमा बढाउन माग गर्ने अर्कोतर्फ करारमा कर्मचारी अनावश्यक भर्ना गर्ने, मन्त्रालयको निर्देशन विपरीत करार कर्मचारीको म्याद थप गर्ने गरेको, ७२ वर्ष उमेर कटेका कर्मचारीलाई समेत काममा लगाएर नियम मिचेको, हेभी सवारी साधन नभएको प्रतिष्ठानमा हेभी सवारी चालकको तलब सुविधा पनि वितरण गरिएको लगायतका आरोप सरोकारवालाहरूले लगाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *