प्राज्ञ यज्ञराज प्रसाइँलाई सम्मान

बिर्तामोडमा एक साहित्यिक कार्यक्रमका बिच १०६औँ महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्तीको अवसरमा स्रष्टा सम्मान एवम् शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । अखिल नेपाल लेखक सङ्घ र क्रान्तिकारी पत्रकार सङ्घ झापाको संयुक्त आयोजनामा भएको कार्यक्रममा वरिष्ठ साहित्यकार एवम् भाषाविद् चूडामणि रेग्मीको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा चन्द्र भण्डारी, एल पी जोशी र भानु भण्डारी विशिष्ट अतिथि हुनुहुन्थ्यो ।

image

कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य यज्ञराज प्रसाइलाई सम्मान गरिएको थियो । सम्मानित व्यक्तित्व प्रसाइका बारेमा चन्द्र भण्डारीले प्रकाश पार्नुर्भको थियो । क्रान्तिकारी पत्रकार सङ्घ झापाका अध्यक्ष टीकाप्रसाद उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन अखिल नेपाल पत्रकार सङ्घ झापा अध्यक्ष धनकुटे कान्छाले र स्वागत विरू दङ्गालले गर्नु भएको थियो ।

कार्यक्रममा सम्मानित ब्यक्तित्व प्रसाइ, भीम नेम्वाङ, गोपाल बस्नेत, कमल गुरागाइँ, राजु आचार्य, भानु भण्डारी, चूडामणि रेग्मीले मन्तब्य राख्नु भएको थियो भने भुवन आदिमले कविता वाचन गर्नु भएको थियो ।
(फित्कौली  डट्कमबाट)

Leave a Reply

Your email address will not be published.