फेसबुकबाट कविता सार्वजनिक

काठमाण्डौ – रङ्गवादी कवी समदर्शी काँईला र अमूर्तबोधी कवी खगेन्द्र पान्धाक लिम्बूको संयुक्त अङ्ग्रेजी कविता सङ्ग्रह ‘फ्युजन डिफ्युजन फिसन ‘ शनिबार मिक्किज क्याफे, बिजुलिबजारमा आयोजित एक कार्यक्रममा फेसबुकमा कविता सङ्ग्रहको तस्विर पोस्ट गरेर सार्वजनिक गरियो। उक्त कृतिलाई युवा कवी तथा कथाकार फुलमान बल र शब्दहार क्रियशन्सका प्रबन्ध निर्देशक रमेश कंडेलद्वारा सार्वजनिक गरिएको थियो। कृति सर्वजनिकिकरण कार्यक्रममा कवी खगेन्द्र बैंककबाट उपस्थिती जनाइरहनु भएको थियो भने कवी काँईला बिदा मनाउन पाँचथरमा हुनु हुन्थ्यो।

उक्त अबसरमा कवी पान्धाकले कार्यक्रममा उपस्थिती जनाउनु हुने सबैलाई फेसबुकमा लेखेर धन्यवाद ब्यक्त गरेका थिए। यो कृतिलाई शब्दहार क्रियशन्सले बजारमा ल्याएको हो भने प्रकाशनका लागि बिजे बिद्रोही राइले सघाएका थिए। यस अघी नै कवी काँईलाले दुई कृति ल्याइ सकेका छन भने कवी पान्धाकले एक कृति उपन्यास। नयाँ कृतिमा जीवन, यौन, प्रेम, समाज र वातवरणिय क्षेत्रमा लेखिएका कविताहरु समेटिएका छन।

(SOURCE: www. esahityanepal.com)

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *