२०६८।९।११
रमेश पोखरेल, बालमुकुन्द कार्की (अध्यक्ष – जन साहित्यिक मञ्च, काठमाडौँ शाखा)
जन साहित्यिक मञ्च, नेपाल काठमाडौँ शाखाको आयोजनामा यही ९ गते शनिवार साँखुको बज्रगोगिनीमा भव्य साहित्यिक वनभोजको आयोजना गरियो । बिहान ठिक ८ बजे नेपाल मानविकी क्याम्पस, प्रदर्शनी मार्गबाट छुटेको बसले मैतिदेवी, पुरानो बानेश्वर, गौशाला, चाबहिल हुँदै जोरपाटीसम्मका साहित्यकारलाई लिएर ११ बजे साँखुको प्रसिद्ध तीर्थस्थल समेत मानिएको बज्रयोगिनीमा पुर्याएको थियो ।
कार्यक्रममा जन साहित्यिकम मञ्च, नेपालका केन्द्रीय अध्यक्ष डा.जीवेन्द्र देव गिरी, प्राज्ञ बूँद राना, प्रगतिशील लेखक सङ्घका केन्द्रीय उपाध्यक्ष रामप्रसाद प्रदीप, साहित्यकार विजय चालिसे, सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नागे, प्रसिद्ध हास्य कलाकार मनोज गजुरेल, जन साहित्यिक मञ्च नेपालका केन्द्रीय महासचिव रमेश पोखरेल, वरिष्ठ कवि कणाद महर्षि अतिथिका रूपमा उपस्थित हुनु हुन्थ्यो । कार्यक्रमको अध्यक्षता जन साहित्यिक मञ्च, नेपाल काठमाडौँ शाखाका अध्यक्ष बालमुकुन्द कार्कीले गर्नु भएको थियो भने सञ्चालन परशुराम पराजुली ‘पराशर’ तथा रूपक अलङ्कारले पालै पालो गर्नु भएको थियो ।
उक्त रमाइलो वनभोज कार्यक्रममा पुण्य गौतम ‘विश्वास’, नारायण निराशी, कल्याण राई, सभ्यता नेपाल, आर.एम.डङ्गोल, प्रभाती किरण, शशी थापा पण्डित, शिक्षा नेपाल, पीताम्बर भण्डारी, पुष्करराज भट्ट, ललिता दोषी, मोहन मल्ल ‘मानिस’, रामबहादुर पहाडी, रमेश पोखरेल, डा.जीवेन्द्र देव गिरी, रूपक अलङ्कार, निर्भीक राई, स्वागत नेपाल, जय गौडेल, दीप मेहर, लक्ष्मण गाम्नागे, रमेश शुभेच्छु, मनोज गजुरेल, नारायण खनाल, विनोद मञ्जन, प्रदीपरत्न शाक्य, गोपाल बराल, गङ्गा पौडेल, सोनु गुरुङ, आत्माराम शर्मा, कणाद महर्षि, चन्द्रकला नेवार, सूर्य चापागाईँ, शीतल गिरी, हेम पौडेल, रामप्रसाद प्रदीप, बूँद राना, कृष्ण राई र परशुराम पराजुलीले कविता, गीत, गजल, हाइकु, प्यारोडी, क्यारिकेचर प्रस्तुत गरी वनै गुञ्जायमान पार्नु भएको थियो ।
जन साहित्यिक मञ्च, नेपालका केन्द्रीय अध्यक्ष डा. जीवेन्द्र देव गिरीले जसाम काठमाडौँ शाखाले प्रगतिशील साहित्यकारलाई वनभोजमा बोलाएर साहित्य सिर्जना आदान प्रदान गर्ने, नजिक पार्ने काम गरेको र यो कर्मले साहित्यका माध्यमबाट नेपाली समाजको रूपान्तरणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने हुँदा यस्तो सत्कर्मका लागि हार्दिक धन्यवाद भन्दै धन्यवाद दिनु भयो ।