यस पटकको ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’ वरिष्ठ कवि कणाद महर्षिलाई प्रदान गरिने

विगत पाँच दशकदेखि वैचारिक एवम् प्रगतिवादी साहित्यका माध्यमबाट नेपाली समाजको समग्र रूपान्तरण गर्ने अभियानमा समर्पित हुँदै विशेष गरी कविता र कथा लेखनमा सक्रिय रही प्रतिकूल अवस्थामा पनि नेपाली प्रगतिवादी साहित्यको उत्थानमा इमान र निष्ठाका साथ अविच्छिन्न रूपमा योगदान गरी गरि रहनु भएकाले उहाँको विशिष्ट साहित्य साधना तथा योगदानको उच्च मूल्याङ्कन गर्दै ‘२०७२ सालको साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’द्वारा वरिष्ठ प्रगतिवादी कवि कणाद महर्षिलाई सम्मानित गरिने भएको छ साथै उहाँको बाँकी जीवन पनि नेपाली प्रगतिवादी साहित्यको उत्थान तथा सामाजिक रूपान्तरण अभियानमा थप सक्रियताका साथ क्रियाशील भइ रहन सकोस् भन्ने अपेक्षाका साथ सुस्वास्थ्य एवम् सिर्जनशील दीर्घ जीवनको कामना सहित उक्त रु.दश हजार राशिको पुुरस्कार तथा सम्मान यही २०७३ भदौ ४ गते शनिवार अपराह्न १ बजे नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित विशेष समारोहमा अर्पण गरिने जानकारी साहित्य सन्ध्याले दिएको छ ।

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *