राष्ट्रिय जन साँस्कृतिक महासङ्घको उपत्यका समन्वय समिति गठन

रमेश पोखरेल

आज वैशाख १६ गते शनिवार अपराह्न १२ बजे राष्ट्रिय जन साँस्कृतिक महासङ्घका कलाकारहरू तथा साहित्यकारहरूको विशेष भेलामा महासङ्घको ‘बाग्मती अञ्चल समन्वय समिति’ र ‘उपत्यका समन्वय समिति’ गठन गर्नुको साथै विशेष साँस्कृतिक कार्यक्रम समेत सम्पन्न भयो ।

नेकपा एमालेका उपाध्यक्ष अशोक राईको प्रमुख आतिथ्य, महासङ्घको बाग्मती अञ्चल संयोजक राजेन्द्र श्रेष्ठको अध्यक्षता र उपत्यका संयोजक घनराज सुब्बाको सञ्चालनमा सम्पन्न उक्त विशेष कार्यक्रममा राष्ट्रिय जन साँस्कृतिक महासङ्घका महासचिव खेगन्द्र राई, कोषाध्यक्ष चन्द्रलाल केप्छाकी, महासङ्घको घटक सङ्ठन जन सङ्गीत मञ्चका अध्यक्ष उदय श्रेष्ठ, अर्काे घटक भाषा तथा लोक साहित्य मञ्चका अध्यक्ष सभासद् गोपाल ठाकुर, सामाजिक साँस्कृतिक अध्ययन मञ्चका अध्यक्ष भिक्टर प्रधान, महासङ्घका केन्द्रीय सदस्य जङ्ग पहाडी, नारायण परिश्रमी, मधु गुरुङ, डम्बर पहाडी अतिथिका रूपमा उपस्थित हुनु हुन्थ्यो ।

प्रमुख अतिथि तथा अतिथिलाई रत्ना प्रधान र अनिता सापकोटाले खादा अर्पण गर्नु भयो भने राजेन्द्र कार्कीले स्वागत गर्नु भयो । कार्यक्रमका थालनी राष्ट्रिय जन साहित्यिक मञ्च, नेपालका महासचिव रमेश पोखरेलको ‘सर्वहारा र भ्रम’ शीर्षकको कविता वाचनबाट गरिएको थियो र जन सङ्गीत मञ्चका कलाकारहरू अशोक राई, आकाश थापा लगायतका कलाकारबाट गीत प्रस्तुत गरिएको थियो । बाल कलाकार लता सुवेदीले नृत्य प्रस्तुत गरिन् । कलाकार नारायण सुवेदी, धादिङकी राधिका लामा, नारायण लामा, जन साँस्कृतिक महासङ्घ दोलखाका अध्यक्ष रमेश कार्की र गोपाल ठाकुरले सुन्दर गीत तथा प्यारोडी प्रस्तुत गर्नु भयो । गीतहरू कलाकारले प्रस्तुत गर्दा टोपबहादुर खड्का, सविता कार्की लगायतका कलाकारहरूले सुन्दर नृत्य प्रस्तुत गर्नु भएको थियो ।

प्रमुख अतिथि नेकपा एमालेका उपाध्यक्ष अशोक राईले नेकपा एमालेको हरेक सङ्गठन अब उत्पादनको पनि नायक बन्नु पर्दछ र सम्पादन गरेको ठोस कामको मूल्याङ्कनका आधारमा एमालेको सङ्गठन र नेताको मूल्याङ्कन गर्ने परिपाटीको विकास गरिने योजना तर्जुमा गर्न लागिएको, नेकपा एमाले अतिवादलाई एक ठाउँमा ल्याउने चुम्बक हो र अगुवा पनि हो भन्ने धारणा राख्नु भयो र दक्ष एवम् क्षमतावान् साथीहरूको सहभागितामा सङ्गठन निर्माण गर्न सक्नु होस् भन्ने शुभ कामना दिनु भयो ।

महासङ्घका महासचिव खगेन्द्र राईले सङ्गठनमा नयाँ पुस्ताको आगमनको कमी महसुस हुन लागेको, सङ्गठनको सक्रियताको कमी देखा पर्न थालेको र सङ्गठन निर्माणकै तहमा सुस्तता आएको, केही हदसम्म पार्टीभित्रकै विवादले पनि सङ्गठन निर्माणमा थोर बहुत प्रभाव परेको तथ्य उजागर गर्दै सबै साथीहरूको सक्रियताका आधारमा हाम्रा प्रयत्न सङ्गठन निर्माणमा प्रयत्नरत रहनु पर्ने धारणा राख्नु भयो र ‘बाग्मती अञ्चल समन्वय समिति’ र ‘उपत्यका समन्वय समिति’मा रहने पदाधिकारीको घोषणा गर्नु भयो ।

जस अनुसार ‘बाग्मती अञ्चल समन्वय समिति’ राजेन्द्र श्रेष्ठको संयोजकत्वमा ओम पाठक (धादिङ), हेराज छत्कुली, राजेन्द्र कार्की, रमेशकुमार कार्की(दोलखा), अमृत खाती, काभ्रे, रसुवाका जिल्ला अध्यक्ष, नुवाकोटका गोकर्णराज पाठक, अमला थापा मगर, रामेछापका उत्तम पौडेल, सिन्धुपाल्चोकका यदुनाथ वसन्तपुरे, सरिता वि.क., ईश्वर खत्री, शान्ता थापा, माधव सयपत्री (रामेछाप), कालुराम जिरेल, रामकुमार काफ्ले सदस्य रहेको घोषणा गरियो ।

त्यसै गरी ‘उपत्यका समन्वय समिति’मा घनराज सुब्बा संयोजक र सदस्यमा गीता थापा, सानु पहाडी, अञ्जु आले, माया थापा, जीतेन्द्र चौधरी, रत्ना प्रधान, भरत नेपाली, हरिशरण नेपाली, शुभमाया कपाली, साजन श्रेष्ठ, मेघराज लुङ्गेली, बुद्ध लामा, चन्द्र गोर्खाली, हरि थापा, शारदा थापा, सूर्य पाण्डे, रोहित सुवेदी, सुनिता परियार, वन्दना मैनाली, वन्दना दुलाल, सृजना खनाल, तुलसी पराजुली, सुन्दर भण्डारी, सुरज के.सी., अरविन्द चौधरी, सागर गौतम, रमेश सुवेदी, जयन्ती स्पन्दन, ललिजन रावल, राजेन्द्र पौडेल, टङ्क उप्रेती, रमेश उप्रेती, श्याम रिमाल, भागवत आचार्य, नवराज रिजाल, तेजप्रसाद भण्डारी, जनार्दन वराल, डा.यादवप्रकाश लामिछाने, देवविक्रम राई, पुष्करराज भट्ट, प्रकाश सिलवाल, अच्युत पराजुली, आर.एम.डङ्गोल, डा. दानराज रेग्मी, विष्णुप्रसाद पराजुली, धर्मराज अधिकारी, डा.कृष्णप्रसाद न्यौपाने, कर्णाखर खतिवडा, राधिका गुरागाईँ, राजेन्द्र तामाङ, सूर्यप्रकाश जमरकट्टेल, सिद्धि महर्जन, कृष्णराज ढकाल, राममणि ढुङ्गेल, लक्ष्मी वस्याल, डा. केशव खड्का, देवी भट्टराई, डा. बालचन्द्र मिश्र, रजनी ढकाल, सुमन्त घिमिरे, सूर्यशरण रेग्मी, चूडामणि पौड्याल, मेहशकुमार गिरी, लोकेन्द्र लेखक, विष्णु ढुङ्गाना, रेशम गिरी, सुरज आचार्य, होम सुवेदी, हरि सिलवाल, साजन श्रेष्ठ, विश्वदीप घिमिेरे, उद्ववराज भट्टराई, मञ्जु शर्मा, सुदर्शन थापा, सुरेन्द्र प्रधान, जुपिटर प्रधान, दीपेन्द्रमान बनेपाली, रत्नकाजी शाक्य, पदेन सदस्यमा भक्तपुरका चरण द्यौला, मनोनीत सदस्यमा सपन घिमिरे, कुमार थापा, नारायण सुवेदी, नारायण लामा, सङ्गीत सुब्बा र कुमार कार्की रहनु हुने घोषणा गरियो ।

दुबै समन्वय समितिका संयोजक राजेन्द्र श्रेष्ठ र घनराज सुब्बाले सङ्गठन सुदृढ गर्ने, सुधार गर्ने, चुस्त दुरुस्त पार्ने र सबै सङ्गठित गरिएका सदस्यलाई क्रियाशील पार्ने बचनवद्धता जाहेर गर्नु भयो र सहयोगका लागि सबैलाई आग्रह पनि गर्नु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *