नेवा:पाटन, मंसिर ३
छिरिङ तेन्जिङ शेर्पा (शेर्पा वर्ल्ड डट् कम्
परम धर्म गुरु १४ औ कुन्सिग स्यामार्पा रिन्पोछे ज्युबाट ललितपुर जिल्लाको प्रमुख केन्द्र पाटन दरबार क्षेत्र परिसरमा आज एक भब्य समारोहाको बिच सर्वसाधारणहरुलाई धार्मिक शिक्षा र दिक्षा प्रदान गर्नु भएको छ। पाटनको एतिहासिक मंगलबजारमा १४ औं अवतारी श्यामार्पा रिम्पोछेबाट षडक्षरी(छ अक्षर को लोकेश्वर (ॐ म नि पद्मे हुङ् ह्री) ‘फावा चेरेन्सी’ को शिक्षा–दीक्षा (वाङ–लुङ) र अपरमिता तथागत ‘क्षे-पाग्मे’ ‘बुद्ध अमितायु’को लुङ र ‘क्षे वङ’ दिर्घायु भिषेकको अभिशेक प्रदान गर्नु भयो। ललितपुर बुद्ध जयन्ती कोष, सिद्धि–इन्द्र स्मृति कोष, सद्धर्म सुरक्षा कोष, युवक बौद्ध मण्डल, बौद्ध जागरण संघ लगायतको संलग्नतामा सम्पन्न भएको यो बिशेश धार्मिक कार्यक्रममा सबै धर्मका धर्मगुरुहरु,ललितपुर जिल्लाको प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, संघ साँस्थाको प्रतिनिधीहरु, बिभिन्न गोन्पाको भिक्षु भिक्षुणीहरु लगायत बिभिन्न बह बहीको ‘बज्रचार्य’ धर्मगुरु हरु सहितको बिसौ हजार श्राद्दालुहरुको सामुहीक उपास्थितीमा यो कार्यक्रम सम्पन्न भएको हो।
नेपालमा परमपुज्यनिय धर्म गुरु १४ औ कुन्सिग स्यामर रिन्पोछेज्युको बाहुलिबाट सार्वजनिक समारोहमा यसरी दिक्षा र अभिशेक दिनु भएको यो दोस्रो पटक हो। यस अघि सन २०११ फेब्रुअरीमा बौद्ध चुचेपाटी स्थित हायत चाउरमा नेपाल हिमाली आदिावासी बौद्ध महासंघ, नेपाल योल्मो समाज सेवा संघ, योल्मो काग्यु साङाग् लाछोगको संयुक्त आयोजनामा परम गुरु श्यामार्पा रिन्पोछेज्युकै समुस्पास्थितीमा पहिलो मोन्लाम छेन्मो सम्पन्न भएको थियो। जुन बेला गणतन्त्र नेपालको प्रथम राष्ट्रपति डा. रामबरम यादवज्युको पनि उपास्थिती रहेको थियो। बौद्ध धर्मवलम्बी नेवार जातीहरुको शत प्रतिसत बाहुल्या रहेको ललितपुर जिल्लामा पहिलो पटक यस प्रकारको धार्मिक कार्यक्रमको आयोजना भएको हो भने अनुमान गरेको भन्दा बढि जन समुदायहरुको उपास्थितीले कायक्रम स्थल खचाखच भएको थियो भने स्वयम सेवक र सुरक्षकर्मीहरुलाई भीँड नियन्त्रण गर्न हम्मे हम्मे परेको थियो। बिहान ११ बजेबाट शुरु भएको यस कार्यक्रममासाँझ ६ बजे सम्मा पनि अभिशेक ‘वाङ’ थाप्नेहरुको लामबद्धै थिए। लिच्छवि र मल्ल कालमा मात्र तिब्बती धर्म गुरुहरुबाट ललितपुरमा यस प्रकारको कार्यक्रम भएको सुनेको कुरा स्थानिय् बुढा पाकाहरु बताउछन भने यस किसिमको धार्मिक कार्यक्रमहरु सधै हुनु पर्नेमा उनिहरुको जोड छ।
१४ औ स्यामर्पा रिन्पोछे सन १९५२ मा तिब्बतको धेर्गेमा जन्मनु भएको हो भने वहाँको शिक्षा दिक्षा १६ औ ग्यालवा कर्मपाबाट भएको हो। भारतको बुद्ध धर्मको धर्मगुरुहरुबाट धेरै बर्ष लगाएर बुद्ध धर्म र दर्शनको बारेमा लामो समय गहन अध्यान गर्नु भएको छ। तिब्बतमा स्यामर्पा परमपरा अनुसार रातो शिरापोष लगाउने सेक्टका अनुयायी भएको कारण रिन्पोचेलाई स्यामर्पा रिन्पोछे भनेको हो। स्यामर्पा रिन्पोछेले पस्चिमी देशहरुमा बुद्ध धर्म र दर्शनका ध्यान केन्द्रहरु खोली ब्यापक प्रचार गरि रहनु भएको छ भने काठमाण्डौको नागर्जुनमा सन २००५ मा “श्यार मिनव” गोन्पाक् स्थापना गर्नु भएको छ। जहाँ २० जना अवासिय भिक्षुहरुले
२५३ बिनय पद्दतीलाई पालना गरि रहनु भएको छ। रिन्पोछे दुई पुस्तकका लेखक पनि हुनुहुन्छ, ‘लोकतन्त्रका नयाँ मोडल’ तथा असल साशनको बिकेन्द्रिकरणमा आधारित शासन पद्दाती बिषयमा जनकल्यानकारी भुमिका’ बारे पुस्तकमा जोड दिईएका छन। भगवान बुद्धले छ बर्ष सम्मा वोधिब्रिक्ष मुनि ध्यान गरि बिताउनु भएको नेरन्जन नदि किनारमा वहाँले नेरन्जन मन्दिर बनाउनु भएको छ जहाँ बिनयशिक्षा दिईन्छ।
तस्बिर भिडियो: थुप्तेन् शेर्पा छिरिङ तेन्जिङ् शेर्पा