२०६९ बैशाख २३ ड्रिमल्याण्डनेपाल समाचार स्रोत,
आज मिति २०६९ बैशाख २३ गते मिडिया र्इन्टरनेशनल हलमा वलराम रार्इको पहिलो कृति उर्वर साहित्य समाजका संरक्षक तथा नेपाल लोकबाजा संग्रहालयका संचालक श्री राम प्रसाद कँडेलको अध्यक्षता तथा वरिष्ठ समालोचक निनु चापागाँर्इको प्रमुख आतिथ्यमा विमोचन गरियो । उक्त कार्यक्रम उर्वर साहित्य समाज र कन्सियस सिटिजन्स सर्कलले संयुक्तरूपमा आयोजना गरेका थिए ।
दिनेश घिमिरेको संचालन रहेको उक्त कार्क्रममा क्रान्तिकारी कवि पूर्णविराम, डा. शैलेन्द्र नेपाल, धनप्रसाद सुवेदी, राजन मुकारूङ्ग, राम विनय, असोक कुँवर, रमेश पोखरेल लगायतको आतिथ्यमा सम्पन्न भएको थियो । देवी लुर्इंटेल र तारा अधिकारी द्वारा अतिथिहरूलाइ व्याच वितरण र खादा अर्पण तथा पारस ढकालबाट स्वागत मन्तव्य गरेर शुरू गरिएको कार्यक्रममा निनु चापागार्इं तथा शैलेन्द्र प्रसाद नेपालले संयुक्तरूपमा दीपशिखाको विमोचन गर्नुभएको थियो । साथै धनप्रसाद सुवेदी, राजन मुकारूङ्ग तथा निनु चापागार्इंले समिक्षा गर्नु भएको थियो ।
उक्त अवसरमा विमोचित कृतिमा भएका कविताहरू डा. शैलेन्द्र प्रकाश नेपाल, जयराम रार्इ, पूर्णविराम, तारामणि रार्इ, रमेश पोखरेल, वलराम रार्इ, देवी लुर्इंटेल लगायतले वाचन गर्नु भएको थियो । उक्त अवसरमा समालोचक डा. धनप्रसाद सुवेदीले कविका कविताहरूले समकालीन यथार्थको आत्मसाथ गरेका र समाज र जीवन प्रति केन्द्रित भएका छन् भन्नुभयो । त्यसैगरि कवि मुकारूङ्गले कवि परम्पराको विरूद्ध उभिनु पर्छ, कवितालाइ ठट्टाकोरूपमा लिइनु हुँदैन तथा कवि इमान्दार हुनु पर्दछ भन्नुभयो । कवि पूर्णविरामले हामी कसैले पनि नविन कुरा गर्दैनौं भन्दै सबैले आ–आफ्नै पाराले कुराहरूको पुनरावृति गर्ने गरेको बताउनु भयो । साथै निनु चापागार्इंले मन्तव्यको क्रममा कवि साहित्यकारहरू अँध्यारोको पक्षमा र उज्यालोको विपक्षमा सँधै कलम चलाइरहन्छन् भन्नुभयो । अन्त्यमा सभाध्यक्षद्वारा धन्यवाद सहित समारोहको विसर्जन गरियो ।