शब्दाङ्कुर कथा प्रतियोगिताको नतिजा प्रकाशित

२०५८ सालदेखि निरन्तर प्रकाशित हुँदै आएको शब्दाङ्कुर (साहित्यप्रधान मासिक) ले प्रकाशनको एक्काइस वर्ष पूरा गरी बाइस वर्ष प्रवेश गरेको उपलक्ष्यमा आयोजित कथा प्रतियोगितामा धोबीघाट, ललितपुरका अजय रिसाल (प्रा.डा.) को ‘मोबाइलको घण्टी’ले प्रथम स्थान, बेलका २, उदयपुरका नन्दलाल आचार्यको ‘केटो’ले द्वितीय स्थान र गोकर्णेश्वर ३, काठमाडौँका अज्ञात युवकको ‘दुव्र्यवहार’ले तृतीय स्थान प्राप्त गरेको छ ।  प्रतियोगिताका लागि प्राप्त कथाहरुको प्रारम्भिक छनोट सम्पादकहरु भोगेन्द्र लिङ्देन, गोविन्द घिमिरे र टेकेन्द्र चेम्जोङले गरेका थिए । अन्तिम छनोट भने डा. गणेशप्रसाद भट्टराई, सुदीप पोखरेल र गायत्री बिष्टले गरेका थिए । प्राप्त कथाहरूमध्ये उत्कृष्ट दश कथालाई निकट भविष्यमा र बाँकी कथालाई  क्रमशः प्रकाशन गरिने छ ।

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *