सगरमाथा वाङ्मय पुरस्कार प्रदान

–अरुणनदी खत्री

सगरमाथा वाङ्मय प्रतिष्ठानद्वारा स्थापित चारवटा पुरस्कार तथा सम्मान विभिन्न स्रष्टाहरूलाई प्रदान गरिएको छ । पुरस्कृत हुनेहरूमा साहित्यकार एवं संस्कृतिकर्मी दाहाल यज्ञनीधि, उन्नयन त्रैमासिक पत्रिकाका प्रकाशक/सम्पादक अच्युतरमण अधिकारी, कथाकार धु्रव मर्धीकर्मी र कवयित्री विमला तुम्खेवा रहेका छन् ।

स्रष्टाहरूलाई प्रदान गरिएका पुरस्कारहरूमा क्रमशः सातहजार एक रुपियाँ र सम्मानपत्रको निलकण्ठ जयहेम डुण्डी अधिकारी पुरस्कार यज्ञनीधिलाई, पाँच हजार एकको सत्यइयवेल धनमाया अधिकारी पुरस्कार अच्युतरमण अधिकारी, पद्यहरि पुरस्कार ध्रुव मधिकर्मी र सगरमाथा वाङ्मय नवप्रतिभा पुरस्कार तुम्खेवालाई दिइएको छ ।

वरिष्ठ साहित्यकार गीत केशरी, वरिष्ठ पत्रकार एवं राजनीतिज्ञ पुरुषोत्तम दाहाल र होमनाथ दाहालले संयुक्त रुपमा पुरस्कार तथा सम्मान प्रदान गर्नुभएको थियो ।

सोही अवसरमा विशिष्ठ अतिथिहरूले सगरमाथा वाङ्मय त्रैमासिकको विश्वेश्वरप्रसाद कोइराला शतवार्षकिी विशेषाङ्क र कवि तीर्थ अधिकारीको कविता सङ्ग्रह सत्ताको किनाराहरूको विमोचन पनि गर्नुभयो । विमोचित कृतिमाथि समालोचकद्वय गणेश घिमिरे र प्रा।डा। शैलेन्दुप्रकाश नेपालले समीक्षात्मक मन्तव्य व्यक्त गर्नुभएको थियो । वक्ताहरूले विपी कोइरालाको राजनीतिक एवं साहित्यिक व्यक्तित्वमाथि चर्चा गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *