सन्ध्यामा ‘डायस्पोरिक साहित्य’माथि चर्चा

मितिः २०६८।८।३
रमेश पोखरेल
उपाध्यक्ष–साहित्य सन्ध्या

sandhya_670802_1_560

साहित्य सन्ध्याको ३०९ औँ नियमित मासिक कार्यक्रमका रूपमा आज नेपाल मानविकी क्याम्पस, प्रदर्शनी मार्गमा ‘डायस्पोरिक साहित्य’माथि चर्चा गरियो र कविता वाचन गरियो । ठिक १ बजे सन्ध्याका कोषाध्यक्ष गोपालकुमार मैनालीको सञ्चालन र राम विनयको अध्यक्षतामा सुरु भएको उक्त विशेष कार्यक्रममा चर्चाकार नेत्र एटम, जन साहित्यिक मञ्च, नेपालका संस्थापक महासचिव सह प्राध्यापक कृष्णप्रसाद घिमिरे, ललित बस्नेत ‘भिमाली’, कवि पूर्ण विराम, डा.पुरुषोत्तम सेढाईँ अतिथिका रूपमा उपस्थित हुनु हुन्थ्यो ।

sandhya_670802_2_560

‘डायस्पोरिक साहित्य’का बारेमा सह प्राध्यापक नेत्र एटमले आफ्नो मुलुक छाडेर विभिन्न कारणले भिसा, पासपोर्टको व्यवस्था गरी अर्काे मुलुकमा गई बसोबास गर्ने र आफ्नो भाषाशैली, रहन सहन, संस्कार संस्कृति जोगाउँदै साहित्य सेवा गर्ने साहित्यकारका रचनालाई डायस्पोरिक साहित्य भनिने गरेको र विदेशमा बसेर डायस्पोरिक साहित्य रचना गर्ने स्रष्टाको योगदान उल्लेख्य रूपमा राम्रो रहेको, ती साहित्यमा आफ्नो देश छाडेर अर्काे देशमा बस्नु पर्दाको पीडा, व्यथा अत्यन्त सुन्दर एवम् मार्मिक रूपमा उजागर हुने गरेको पाइएको चर्चा गर्नु भयो ।

sandhya_670802_3_560

गोष्ठीमा सह प्राध्यापक पोष चापागाईँले हालै प्रकाशित आफ्नो कृतिबाट एउटा निबन्ध वाचन गर्नु भयो भने राम विनय, ईश्वर दाहाल, यदुनाथ वसन्तपुरे, युग दर्शन हुमागाईँ, मुक्तिनाथ शर्मा न्यौपाने, पूर्ण विराम, अतृप्त पाण्डे, ललित बस्नेत ‘भिमाली’, भागवत आचार्य, गायत्री विष्ट, अतीन्द्र दाहाल, नवराज श्रेष्ठ, ब्रह्मप्रिय प्रेम स्वरुप, शुभद्रा भण्डारी, पुण्य गौतम ‘विश्वास’, प्रशान्त खरेल, सरु आस्था, गोपाल नेपाल, जी.बी.आचार्य, प्रमोद स्नेही, डिल्लीप्रसाद दाहाल, श्यामबहादुर भावुक, रूपक अलङ्कार, उमा मिश्र, बालाकृष्ण अधिकारी, वैरागी जेठा, राजेन्द्र तारकिणी र सोझो गाउँलेले आआफ्ना कविता, गीत तथा गजल वाचन गर्नु भएको थियो ।

sandhya_670802_4_491

गोष्ठीका अध्यक्ष राम विनयले साहित्य सन्ध्याले हरेक महिना विशेष कुनै सम सामयिक विषयमा यस्तै खाले परिचर्चा गर्ने गरि रहेको र यो चर्चा पनि थालनीकै रूपमा रहेको हुँदा विषय विज्ञका माध्यमबाट यस्ता गम्भीर विषयलाई छलफल तथा बहस गराउँने योजना मुताविक नै अर्काे महिना फेरि कुनै यस्तै विषयमा चर्चा गरिने जानकारी दिनु भयो ।

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *