सन्ध्या मा कविवर युद्धप्रसाद मिश्र र घनश्याम ढकालको सम्झना

मितिः २०६८।११।६
रमेश पोखरेल – उपाध्यक्ष, साहित्य सन्ध्या
   
साहित्य सन्ध्याको ३१३ औँ विशेष कार्यक्रम आज नेपाल मानविकी क्याम्पस, प्रदर्शनी मार्गमा ‘कविवर युद्धप्रसाद मिश्र र प्रगतिशील लेखक सङ्घका अध्यक्ष घनश्याम ढकालप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उहाँहरूले नेपाली प्रगतिवादी साहित्यमा गर्नु भएको योगदानको चर्चा गरियो र विशेष कविगोष्ठी सम्पन्न गरियो। ठिक १.०० बजे सन्ध्याका उपाध्यक्ष रमेश पोखरेलको सञ्चालन र अध्यक्ष राम विनयको अध्यक्षतामा सुरु भएको उक्त विशेष गोष्ठीमा सभासद एवम् प्रलेस महासचिव गोपाल ठाकुर, डा.नारायण गड्तौला, सह प्रा.फणीन्द्र निरौला, वरिष्ठ कवि पूर्ण विराम, अभिनव साहित्य प्रतिष्ठानका अध्यक्ष वेदमणि अतिथिका रूपमा उपस्थित हुनु हुन्थ्यो।

sandhya-20681106-01_580

प्रगतिशलि लेखक सङ्घका अध्यक्ष प्रगतिवादी साहित्यकार घनश्याम ढकालको हालै सडक दुर्घटनामा परी निधन भएको र कविवर युद्धप्रसाद मिश्रको मृत्यु भएको दिन पनि आजै परेकाले दुबैको सम्मान एवम् सम्झनामा एक मिनेट मौन धारण गरी कार्यक्रम अगाडि बढाइयो। त्यसअघि सूर्यकुमार श्रेष्ठले शंखधुन बजाई कार्यक्रमको थालनी गर्नु भएको थियो।

sandhya-20681106-02_580

दिवङ्गत प्रलेस अध्यक्ष घनश्याम ढकाल प्रगतिशील स्रष्टाहरूका नायक हुनुका साथै नेपाली प्रगतिवादी साहित्यको उत्थानमा विशिष्ट योगदान दिने स्रष्टा भएको217 मिलनसार, मृदुभाषी र अतिवाद होइन समन्वयवाद आजको खाँचो हो भन्ने मान्यता राख्ने व्यक्ति भएको र प्रलेसको आफ्नो भवन निर्माण गर्ने योजनामा तल्लीन रहँनु भएकै अवस्थामा हामीले उहाँलाई गुमाउँनु परेकाले उहाँका सपना साकार पार्न हामी सबैले लाग्नु पर्ने, उहाँको अनुकरणीय जीवनबाट हामीले पनि सिक्नु पर्ने धारणा विधायक एवम् प्रलेसका महासचिव गोपाल ठाकुरले राख्नु भयो।

sandhya-20681106-03_580

डा.नारायण गड्तौलाले कविवर युद्धप्रसाद मिश्रको समग्र नेपाली साहित्यमा र विशेषगरी प्रगतिवादी साहित्यमा स्थापित योगदानका बारेमा चर्चा गर्दै बुढ्यौली वयमा पनि युवाजोशका साथ साहित्य साधना गर्ने, निरङ्कुशताका विरुद्धमा हुङ्कार गर्ने र युवालाई उत्साह र जोश प्रदान गर्ने युद्धप्रसाद मिश्र नेपाली प्रगतिवादी साहित्यका शीर्षस्थ हस्ती मात्र नभई भविष्यसम्म उच्च स्थान रहि रहने धारणा राख्नु भयो।

sandhya-20681106-04_580

गोष्ठीमा डिल्लीराज अर्याल, वेदमणि, रमेश गौतम पाल्पाली, पूर्ण विराम, राम विनय, रमेश पोखरेल, गोपालकुमार मैनाली, धनकुमारी सुनार, गायत्री विष्ट, प्रशान्त खरेल, गोपाल ठाकुर, रसुवाली कवि, जयन्ता पोखरेल, कोइराला सूर्यकिरण, पीताम्बर भण्डारी, कणाद महर्षि, अतृप्त पा48डे, नारायण निराशी, प्रभाती किरण, ईश्वर दाहाल ‘सिन्धुले’, प्रकाशबाबु तिवारी, अच्यूत घिमिरे, थोमस बास्तोला, प्रमोद स्नेही, अर्जुन अन्योल, राजेन्द्र तारिकिणी, मनोज निरौला ‘कल्पित’, चेतनाथ धमला, वैरागी जेठा, पुण्य गौतम ‘विश्वास’, सागर न्यौपाने, डिल्लीप्रसाद दाहाल, युगदर्शन हुमागाईँ, निर्मला पण्डित, भारद्वाज मित्र, नवीन निराकार, अल्फाली साँझ, असीम सागर र जी.केयन खडेरीले आफ्ना कविता, गीत, गजल तथा तान्का वाचन गर्नु भएको थियो।

sandhya-20681106-05_580

वाचित कवितामाथि समालोचक, सह प्रा.फणीन्द्र निरौलाले टिपपणी गर्नु हुँदै गोष्ठीमा पुराना र नयाँ पुस्ताको जमघट साहित्य सन्ध्याले गराएको र सिक्ने सिकाउँने कार्यशालाका रूपमा लामो समयदेखि साहित्य सन्ध्याले सबैलाई मञ्च प्रदान गरि रहेको, पुराना स्रष्टाका उत्कृष्ट कवितादेखि नयाँ स्रष्टाका सिकारु कविता वाचन गरिएका, सबैले कविता भनेको अन्तरमनको भावनालाई वैचारिक र कलात्मक रूपमा अभिव्यक्त गर्ने विशिष्ट विधा हो भन्ने मान्यतालाई आत्मसात गर्नु पर्ने, आजको समसामयिक जीर्ण, विदीर्ण र विकृत वर्तमानलाई उजागर गरी प्रस्तुत गरिएका समग्रमा आजका कविता सिकारु कविले अझ बढी साधना गर्नु पर्ने पक्ष बाहेक सुन्दर रहेका धारणा राख्नु भयो।
sandhya-20681106-06_580

उपस्थित सबै स्रष्टालाई धन्यवाद दिँदै साहित्य सन्ध्याको उद्देश्य तथा अभियानका बारेमा समेत जानकारी दिई स्रष्टाहरूको निरन्तर सहभागिताको अपेक्षा सहित अध्यक्ष राम विनयले गोष्ठीको समापन गर्नु भयो।

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *