साहित्यकार पारिजातको स्मृतिमा ४ ब्यक्तित्व सम्मानित

काठमाण्डौ
प्रगतिवादी साहित्यकार पारिजातको स्मृतिमा पारितजात स्मृति केन्द्रद्वारा स्थापित  सम्मान एक कार्यक्रमबीच काठमाण्डौमा चार स्रष्टालाई समर्पण गरियो ।

उक्त कार्यक्रममा ‘पारिजात सिर्जनशील सम्मान’ साहित्यकार प्रदीप नेपाल, ‘पारिजात सङ्घर्षशील नारी सम्मान’ अधिकारकर्मी शान्तिकुमारी राई, ‘पारिजात कला’ सम्मान’ कलाकार राजन काफ्ले र ‘पारिजात बालसाहित्य सम्मान’बाट बालसाहित्यकार शान्तदास मानन्धर सम्मानित भए ।सो सम्मानका साथमा जनही रु १० हजार र ताम्रपत्र प्रदान गरिएको छ ।

कार्यक्रममा वरिष्ठ साहित्यकार श्यामप्रसाद शर्माले ती स्रष्टालाई ती सम्मान अर्पण गर्दै परिजातले प्रगतिशील र प्रयोगवादबाट लेखन सुरु गरी नेपाली साहित्यमा नयाँ सुरुआत
गर्नुभएको बताए । केन्द्रका अध्यक्ष लक्ष्मीको मालीको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रा डा माणिकलाल श्रेष्ठले पारिजातले नेपाली साहित्यमा पुर्याउनुभएको योगदानका बारेमा चर्चा गरेका थिए

विसं २०१३ मा ‘धरती’ पत्रिकामा दुई कविता प्रकाशन गरी साहित्यमा प्रवेश गरेकी पारिजातद्वारा लिखित ‘शिरीषको फूल’ उपन्यासले विसं २०२२ को मदन पुरस्कारसमेत प्राप्त गरेको थियो । सो उपन्यास अमेरिकाको मेरिल्यान्ड विश्वविद्यालयमा पठनपाठनसमेत भइरहेको छ ।

कार्यक्रममा साहित्यकार माणिक लाल
श्रेष्ठले पारिजातको व्यक्तित्व र कृतित्वमाथि प्रकाश पारेका थिए । माधव प्रधानले पारिजातको सम्झनामा उनकै कृतिका नाम संयोजन गरेर बनाएको गीत सुनाए । सीता शर्माले चाहिँ पारिजातको ‘मानुषी’ रचना वाचन गरिन् । शान्तिले २०३२ देखि पारिजातसँगै मिलेर राजनीतिमा लाग्दाको संघर्ष सम्झिइन् । उनले अहिलेसम्म
पनि पारिजातलाई आफ्नो जीवनको आदर्शको रूपमा लिने गरेको बताइन् ।
साहित्यकार प्रदीप नेपालले पनि पारिजातसँग आफूले ६ वर्ष नजिक भएर
संगत गर्ने अवसर पाएको बताए ।

स्मृति केन्द्रकी संस्थापक अध्यक्ष एवं पारिजातकी बहिनी सुकन्या वाइबाले पारिजातको कृतित्वले नारी अस्तित्वको प्रभावकारी सन्देश दिने जनाइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *