२०८१ चैत्र २ गते शनिबार अपराह्न १ बजे रामशाहपथमा अवस्थित पद्मोदय मा.वि.को सभाकक्षमा साहित्य सन्ध्याको नियमित मासिक ४६१ औँ शृङ्खलामा ‘जीवन शैली र मानसिक सवास्थ्य’ विषयमा परिचर्चा गरियो र कविगोष्ठी गरी सम्पन्न गरियो । सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षता र कोषाध्यक्ष गोपालकुमार मैनालीको सञ्चालनमा सम्पन्न भएको उक्त विशेष समारोहमा प्रमुख अतिथिका रूपमा प्राकृतिक चिकित्सा विज्ञानका क्षेत्रमा कार्यरत डा.जनक वस्नेत उपस्थित हुनुहुन्थ्यो भने अतिथिहरूमा साहित्य सन्ध्याका सल्लाहकार विधान आचार्य, डा.राजेन्द्रप्रसाद अधिकारी, अभिनव साहित्य समाजका अध्यक्ष गोविन्द घिमिरे ‘वेदमणि’, वरिष्ठ स्रष्टा पूर्णविराम, डा.गोविन्दप्रसाद आचार्य, चिन्तामणि सिवाकोटी, डम्बर पहाडी, महेशराज खरेल, खेमराज निरौला, प्रगतिशील लेखक सङ्घ प्रदेश समितिका बैरागी जेठा, प्रलेस ललितपुर जिल्ला सचिव मिसन अधिकारी, ज्येष्ठ स्रष्टा बेनीबहादुर थापा (८७ वर्ष)लगायतको उपस्थिति रहेको थियो ।
१ चैत्र २०८१, शनिबार २२:५८
