‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’ घोषणा

विगत चालिस वर्षदेखि अविच्छिन्नरूपमा कुनै समसामयिक विशेष विषयमा परिचर्चा एवम् बहसका साथ कविगोष्ठी गर्दै आएको र वार्षिक पुरस्कार तथा सम्मानसमेत अर्पण गर्दै आइरहेको साहित्य सन्ध्याले यही २०८० भदौ २ गते शनिबार अपराह्न ठिक १ बजे सम्पन्न हुने ४४३ औँ विशेष समारोहमा वरिष्ठ साहित्यकार श्री उमेश उपाध्यायलाई २०७९ सालको ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’, साहित्यकार श्री खेमराज निरौलालाई २०७९ सालको ‘साहित्य सन्ध्या सहभागिता पुरस्कार तथा सम्मान’, नेपालकै वरिष्ठ स्नायु रोग विशेषज्ञ डा.वसन्त पन्तलाई २०७९ सालको ‘साहित्य सन्ध्या–कृबा’ पुरस्कार तथा सम्मान, ९२ वर्षको उमेरमा नियात्रा कृति प्रकाशित गर्ने नन्दकला सुवेदीलाई २०७९ सालको ‘साहित्य सन्ध्या–हरिप्रिया हरिप्रसाद चापागाईँ नियात्रा पुरस्कार तथा सम्मान’ र अर्घाखाँचीको खिदिमकी श्री गोमा कामीलाई २०७९ सालको ‘साहित्य सन्ध्या–मन पुरस्कार तथा सम्मान’ अर्पण गरिने घोषणा गरेको छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *