साहित्य सन्ध्या सम्मान तथा पुरस्कार विभिन्न पाँच महानुभावहरूलाई

रमेश पोखरेल, काठमाडौं

साहित्य सन्ध्याले २०४३ सालदेखि हरेक वर्ष नेपाली प्रगतिवादी साहित्यमा योगदान गर्ने विशिष्ट साधकलाई अर्पण गर्दै आएको ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’, विगत छ वर्षदेखि अर्पण गर्दै आएको ‘साहित्य सन्ध्या–मन पुरस्कार तथा सम्मान’, विगत तीन वर्षदेखि अर्पण गर्दै आएको ‘साहित्य सन्ध्या–कृबा पुरस्कार तथा सम्मान’, यसै वर्षदेखि प्रदान गरिने ‘साहित्य सन्ध्या–हरिप्रिया हरिप्रसाद चापागाईँ नियात्रा पुरस्कार’ र यसै वर्षदेखि प्रदान गरिने ‘साहित्य सन्ध्या सहभागिता पुरस्कार तथा सम्मान’ निम्नानुसारका महानुभावहरूलाई प्रदान गर्ने भएको छ ।

१. साहित्य सन्ध्याले विगत तेत्तिस वर्षदेखि नेपाली प्रगतिवादी साहित्यमा योगदान गर्दै आएका विशिष्ट साधकलाई प्रदान गर्दै आएको ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान २०७५’द्वारा यस वर्ष झपामा रहेर नेपाली प्रगतिवादी साहित्यको सेवामा एवम् प्रसारणमा समर्पित व्यक्त्त्वि श्री चन्द्र भण्डारीलाई प्रदान गर्ने निर्णय भएको छ । उक्त पुरस्कार तथा सम्मानको राशि रु.१५,०००।–(पन्द्र हजार) रहेको छ ।

२. २०७५ सालको ‘साहित्य सन्ध्या–मन पुरस्कार तथा सम्मान’द्वारा वैचारिक नेतृत्वकर्ता एवम् शिक्षासेवी, फुटुङ मा.वि. काठमाडौँका वरिष्ठ प्रधानाध्यापक श्री विष्णुप्रसाद पोखरेललाई प्रदान गर्ने निर्णय भएको छ । उक्त पुरस्कारको राशि रु.१०,०००।– (दस हजार) रहेको छ ।

३. २०७५ सालको ‘साहित्य सन्ध्या–कृबा पुरस्कार तथा सम्मान’द्वारा दाङमा रहेर मातृशिशु स्वास्थ्यका क्षेत्रमा विशिष्ट योगदान गर्ने श्री वसन्ता शर्मा आचार्यलाई सम्मानित गर्ने निर्णय भएको छ । उक्त पुरस्कारको राशि रु.१०,०००।– (दस हजार) रहेको छ ।

४. साहित्य सन्ध्याले वर्षभरिमा हरेक महिनाको पहिलो शनिबार सम्पन्न गरेका विशेष गोष्ठी गोष्ठीमध्ये दसओटामा सहभागी हुने स्रष्टालाई सम्मानपत्रसहित रु.५,०००।–(पाँच हजार) राशिको परस्कार दिने व्यवस्थाबमोजिम यस वर्ष लाजिम्पाट, काठमाडौँका श्री मुकुन्द न्यौपानेलाई ‘साहित्य सन्ध्या सहभागिता पुरस्कार तथा सम्मान’द्वारा सम्मानित गर्ने निर्णय भएको छ ।
५. २०७५ सालको ‘साहित्य सन्ध्या–हरिप्रिया हरिप्रसाद चापागाईँ नियात्रा पुरस्कार तथा सम्मान’द्वारा साहित्यकार, नियात्रारकार श्री अच्युत घिमिरलाई सम्मानित गर्ने निर्णय भएको छ । उक्त पुरस्कार तथा सम्मानको राशि रु.१०,०००।– (दस हजार) रहेको छ ।

उल्लेखित सबै पुरस्कारहरू २०७६ भदौ ७ गते शनिबार अपराह्न ठिक १ बजे नेपाल प्रज्ञा–प्रतिष्ठानको प्रवचन कक्षमा वरिष्ठ साहित्यकार एवम् संस्कृतिविद् डा.मोदनाथ प्रश्रितको प्रमुख आतिथ्य र प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीको विशिष्ट आतिथ्यमा आयोजना हुने विशेष समारोहमा अर्पण गरिने छ ।

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *