शुषमा मानन्धरको ‘अनावरण’को अनावरण

२०७५ आश्विन २७, ललितपुर

पेन अन्तर्राष्ट्रिय नेपालको ललितपुरको पुल्चोकमा भएको एक कार्यक्रममा शुषमा मानन्धरको छोटा कथा संग्रह अनावरण बिमोचित भएको छ । उक्त कार्यक्रमको संचालन वरूण बज्राचार्यले गर्नुभएको थियो भने कार्यक्रमको अध्यक्षता पेन अन्तर्राष्ट्रिय नेपालका अध्यक्ष प्रा. राम कुमार पाँडेले गर्नुभएको थियो भने बिशेष अतिथिहरुमा एलेक्स पारोडी, विनय कसजू, श्रीओम श्रेष्ठ रोदन, तीर्थ बहादुर श्रेष्ठ र दामोदर पुडासैनी हुनुहुन्थ्यो भने सुमि लोहनीले अतिथि हरूलाई खादा ओढाएर सम्मान गर्नुभएको थियो साथै उपस्थित अतिथि तथा सहभागीहरुलाई स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कथाकार मानन्धरले आफु सिद्धहस्त कथाकार नभएको र ईमान्दारिता पुर्वक कथा लेखन गर्दै गरेको तथा सिक्ने क्रममै रहेको हुनाले पाठकहरुको प्रतिकृयाले अझ मार्ग निर्देशन र उत्प्रेरणा दिने बताउनुभयो ।

समालोचक पुडासैनीले कथाकार मानन्धरका कथाहरु अत्यन्त सरल र दैनिक जीवनयापनका घटनाहरू ईमान्दारिता पुर्वक कथा लेखनमा बर्णन गरिएको छ भन्दै यसले उपत्यका भित्रको संस्कृति समेट्न सकेकोमा बधाई तथा शुभकामना ब्यक्त गर्नुभयो ।

मन्तव्यकै क्रममा सर्जक रोदनले अहिले नेपाली साहित्यमा कृयाशिल तथा समर्पित सर्जक र बर्खे भेल जस्ता लेखकहरू दुबै रहेको र हामी लेखकहरू ले आफ्नो लेखनीको माध्यमबाट त्यस्ता लेखकहरू लाई परास्त पार्नुपर्छ भन्दै संग्रह प्रकाशित भएको मा कथाकार मानन्धरलाई बधाई दिनुभयो ।

कार्यक्रममा पेन अन्तर्राष्ट्रिय नेपालका अध्यक्ष प्रा राम कुमार पाँडे र पेन स्विजरल्याण्डका सचिव एलेक्स पारोडी ले पनि मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रममा पुणेमा भएको पेन अन्तर्राष्ट्रिय महासम्मेलनमा नेपालको सहभागीता सम्बन्धित प्रस्तुती पेन नेपालका महासचिव प्रकाश ए राज र सदस्य कोमल चित्रकारले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *