स्रष्टा समाज काठमाडौंको आयोजनामा बिछोडिएकाहरुका सम्झनामा बिछोड कविता वाचन कार्यक्रम सम्पन्न गरियो

२०७२ भाद्र १३,

स्रष्टा समाज काठमाडौं, नेपालको आयोजनामा भएको समाजको एघारौं श्रृङखलाको संचालन कृष्णदेव रिमाल, अध्यक्षता स्रष्टा समाजका अध्यक्ष अतृप्त पाण्डे तथा प्रमुख अतिथिमा प्राज्ञ दिनेशराज पन्त हुनुहुन्थ्यो ।

image

दिवङ्गतहरुको सम्झनामा १ मिनेट मौनधारण गरेर र रातो र चन्द्र सुर्यको गायनबाट कार्यक्रमको थालनी गरियो । स्वागत मन्तव्यका साथ अध्यक्ष पाण्डेले भन्नुभयो कि बिछोडको पिडाबाट उन्मुक्ति पाउन आफुलेनै प्रयास गर्नु पर्नेछ । यही बिछोडको पीडा र दिवङ्गतको सम्झनामा गाईजात्रालाई विछोड दिवसको रुपमा मान्नु सान्दर्भिक हुनेछ । यही प्रयास स्वरुप यो कार्यक्रमको आयोजना गरिएको हो । यस प्रसङ्गको उठान वरिष्ठ कवि पुर्ण विरामले गर्नुभएको थियो ।

image

कार्यक्रममा कविता वाचन कविहरु चेतन कार्की, मुरारी सिग्देल, गीता खनाल, मणि थापा, मुकुन्द न्यौपाने, साहित्य सन्ध्याका अध्यक्ष राम विनय, ज्योति साहित्य प्रतिष्ठानका अध्यक्ष मणिराज सिंह, विजयध्वज थापा, समाजका अध्यक्ष अतृप्त पाण्डे, असोक सुवेदी, गीता त्रिपाठी, प्रशान्त खरेल, कृष्णदेव रिमाल, तारा के. सी., रसिक किराँत, दिनानाथ शर्मा, गौरी दाहाल, प्राज्ञ मातृका पोखरेल, प्रमोद स्नेही, गोपाल नेपाल, कुमार नेपाल, हरिहर खनाल, कमला रिसाल, उमेश पाण्डे, सगोत्री आचार्य, भाग्यशाली अधिकारी, चन्द्रसिंह कार्की, ओम प्रसाद कोईराला र पुर्ण विराम ले गर्नु भएको थियो ।

image

प्रमुख अतिथि प्राज्ञ पन्तले मन्तव्यको क्रममा भन्नुभयो कि आजको कार्यक्रम बहुआयामिक रहेकोले अत्यन्त सान्दर्भिक र पुर्ण रहेको छ । विद्वत वर्गमा हुने कुरा र विचारको परिवर्तनले देशलाई असर गर्दछ । नेपालको इतिहासमा बौद्धिक चिन्तन कम भएको पक्कै छ । सभाध्यक्षले सभाको समापन गर्दै भन्नुभयो कि कार्यक्रमको सान्दर्भिकता केही मात्रामा भए पनि सफल भएको छ ।

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *