स्रष्टा समाज काठमाण्डौ, नेपालको कविता वाचन/पुनर्वाचनको दोश्रो श्रृङ्खलामा सुनिए दिनानाथ शर्मा

२०७१ कार्तिक २२,
स्रष्टा समाज काठमाण्डौ, नेपालको कविता वाचन/पुनर्वाचनको दोश्रो श्रृङ्खलामा दिनानाथ शर्माले आफ्ना ८ वटा पुराना तथा नयाँ प्रतिनिधि कविता वाचन गर्नुभयो ।

image

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति  गङ्गा प्रसाद उप्रेतीको अध्यक्षता र कवि एस्.पी. चौलागाईको संचालन रहेको कार्यक्रममा गोपाल प्रसाद रिमालको गीत रातो र चन्द्र सुर्यबाट गरिएको थियो । समाजका अध्यझ कवि अतृप्त पाण्डेद्वारा  कवि शर्मा, समालोचक सुवेदी र कुलपति उप्रेतीलाई खादा ओढाएर सम्मान गरिएको थियो ।

image

image

उक्त कार्यक्रममा कवि शर्माले मुल्य चाहियो, यस पटकको बैठकमा, समय, दिशाहीन यात्रा, उही हलो, पुरानो कोट, हाकिम  र सभ्य समाजको मान्छे गरी ८ थान कविता वाचन गर्नु भएको थियो र प्रत्येक कविताहरु लगत्तै कविहरु क्रमशः पुर्णविराम, अतृप्त पाण्डे, गौरी दाहाल, शोभा दुलाल, सीता शर्मा, बैरागी जेठा, एस्.पी. चौलागाई र रसुवाली कविले पुनर्वाचन गर्नुभएको थियो ।

image

image

उक्त कार्यक्रममा कवि शर्माले आफुले मञ्चहरुमा राजनैतिक भाषण धेरै गरेको तर यस्तो बौद्धिक सभामा सृजना सुनाउन पाउने यस्तो अमुल्य अवसर प्रदान गरेकोमा स्रष्टा समाज प्रति आभार र धन्यवाद दिनुभयो ।

image

कुलपति उप्रेतीले कार्यक्रममा बोल्दै भन्नू भयो कि साहित्यकार र सर्जकहरुले राजनैतिक नेतृत्व वा अग्रपंक्तिमा रहेका नेतृत्वकर्ताहरुलाई प्रत्यक्ष वा अप्रत्यक्ष मार्गनिर्देशन गर्ने महत्वपुर्ण खुराक दिइनैरहेका छन् । कवि शर्माका प्रस्तुत कविताहरुमा निराशा भन्दा बढी आक्रोश रहेको छ र समानन्तर रुपमा राजनैतिक र साहित्य साथै लान सक्नु भएको छ भन्नुभयो ।

image

कवि शर्माका कविताहरुको समालोचना गर्दै भन्नुभयो कि शर्माले राजनैतिक मञ्च तथा बैठकहरुमा बोल्न नसकिने कुराहरु कवितामा समावेश गरिएको छ । उनका कविताको प्रवृत्ति बिद्रोही रहेको छ । सारमा प्रगतिशील भावमै कवि शर्माका कविताहरु लेखिएका देखिन्छन् । उनी कवितामा ईतिहास र वर्तमानप्रति आक्रोशित देखिन्छन जनता प्रतिका धोकाहरुमा आक्रोश, गुनासा र सुन्दर समाजका परिकल्पना हरु देखिन्छन् उनका कविताहरुमा ।

image

सभाध्यक्ष पाण्डेले कवि शर्मा प्रति आभार ब्यक्त गर्दै र उपस्थित सबैमा धन्यवाद दिँदै सभा विसर्जन गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *