​संविधान दिवसको अवसरमा शुभ कामना विशेष कविगोष्ठी सम्पन्न

रमेश पोखरेल, काठमाडौं 

जनसाहित्यिक मञ्च, नेपाल काठमाडौँ जिल्लाको आयोजनामा संविधान दिवसको अवसर पारेर असोज ३ गते मङ्गलवार अपराह्न २ बजे राष्ट्रिय जनसांस्कृतिक महासङ्घको सभाकक्षमा ‘शुभ कामना विशेष कविगोष्ठी’को आयोजना गरियो ।

महासङ्घका अध्यक्ष खगेन्द्र राईको प्रमुख आतिथ्यमा सम्पन्न उक्त विशेष समारोहमा   नेपाल प्रज्ञाप्रतिष्ठानका सदस्य–सचिव प्रा.डा.जीवेन्द्र देव गिरी विशिष्ट अतिथि हुनुहुन्थ्यो भने अतिथिहरूमा जनसांस्कृतिक महासङ्घका महासचिव प्रेमनाथ अधिकारी, जनसाहित्यिक मञ्च, नेपालका केन्द्रीय अध्यक्ष राम विनय, उपाध्यक्ष रमेश पोखरेल, महासचिव विनोद मन्जन, मञ्चका सल्लाहकारहरू डा.देवी नेपाल, वरिष्ठ कवि वासुदेव अधिकारी, वरिष्ठ कवि कणाद महर्षि, प्रगतिशील लेखक सङ्घका महासचिव आर.एम.डङ्गोल, मञ्चकी कोषाध्यक्ष यशोदा अधिकारी, केन्द्रीय सदस्यहरू शीतल गिरी, गायत्री लम्साल, प्रकाश सिलवाल उपस्थित हुनुहुन्थ्यो ।  

जनसाहित्यिक मञ्च, नेपाल काठमाडौँका अध्यक्ष रूपक अलङ्कारको अध्यक्षतामा सम्पन्न उक्त विशेष समारोहको सञ्चालन उपाध्यक्ष परशुराम पराजुली ‘पराशर’ले गर्नुभएको थियो भने उपस्थित सम्पूर्ण व्यक्तित्वलाई स्वागत सचिव गीता सापकाटाले गर्नुभएको थियो । 

समारोहमा गीता सापकोटा, बालकवि अभिषेक अधिकारी, मञ्जुश्री प्रधान के.सी., शारदा पराजुली, ललिता दोषी, असीम सागर, इन्दु अंशु, यशोदा अधिकारी, इन्दिरा दाहाल, प्रेमराज सिलवाल, बैरागी जेठा, देबु लुइटेल, गायत्री लम्साल, डम्बर घिमिरे, अन्जना राई, डिल्लीराज अर्याल, अच्यूत घिमिरे, गोविन्द नेपाल, रामकुमार पण्डित क्षेत्री, प्रेम लुइटेल, गङ्गा पौडेल कर्माचार्य, दिव्यलक्ष्मी पोखरेल, डा.देवी नेपाल, सोमराज अभय, कणाद महर्षि, आर.एम.डङ्गोल, वासुदेव अधिकारी, सुनिता पौडेल, रामचन्द्र खतिवडा, रमेश पोखरेल र राम विनयले आआफ्ना कविता, गीत, गजल वाचन गर्नुभएको थियो । 

वाचित कवितामाथि समीक्षक विनोद मन्जनले टिप्पणी गर्नु हुँदै कविता भनेको संश्लेषणात्मक हुनुपर्छ, घटनाको विवरण कविता हुनसक्तैन, धेरै लामो पार्नु पनि कविताको सुन्दरता होइन, सन्दर्भलाई सार्थक पार्ने र सूक्तिमय पार्ने काम कवितामा हुनुपर्छ; कल्पनाशीलता, विम्ब, प्रतीक र सौन्दर्य कविताका गहना हुन् यिनको ख्याल गरिनुपर्दछ र पूर्वाेपर सम्बन्ध कायम राख्नुपर्छ । यो दृष्टिकोकोणको कसीमा हरेक स्रष्टाले आफैँले आपूmलाई मूल्याङ्कन गर्नु उचित हुन्छ भन्नुभयो । 

विशिष्ट अतिथि प्रा.डा.जीवेन्द्र देव गिरीले आजको यो विशेष समारोह सार्थक रहेको छ । वर्गीयतााई माक्र्सवादसँग गाँसेर लेख्ने स्रष्टाहरूको बाहुल्य रहेको छ । त्यसैगरी थरी थरीका प्रतिभाको संयोजनले सङ्गठन पनि मजबुत भइरहेको छ । नयाँ नयाँ कोणबाट कविताहरू आएका छन् । अहिलेको दूषित समाजमा विचारसहितको गतिलो सिर्जना दिनु आवश्यक छ । सिर्जनामा परिष्कारको आवश्यकता त रहि नै रहन्छ त्यसैले माक्र्सवादले पहिले मात्रा र त्यसपछि गुणको कुरा गरेको हो भन्नुभयो । 

प्रमुख अतिथि खगेन्द्र राईले संविधान दिवसको विशेष दिन पारेर यो विशेष गोष्ठीको आयोजना हुनु आफैँमा खुसीको कुरा हो । अहिले संविधान पनि कार्यान्वयन भइरहेको छ । वास्तवमा दसैँ, तिहार सबै नेपालीका चाडबाड हुन्, यिनै चाडबाडले हामीलाई एकताको सूत्रमा बाँध्ने काम गरेका छन् भन्नुभयो र सबैका कविता सुनिसकेपछि आपूmलाई पनि कविता सुनाउन मन लागेको भन्दै आफ्नो कविता सुनाउनुभयो । 

सभाध्यक्ष रूपक अलङ्कारले आजको यो विशेष दिनमा आयोजित यो विशेष समारोहमा निम्ता स्विकारेर आइदिनुहुने सबै सबैलाई हार्दिक धन्यवाद छ, आभार व्यक्त गर्दछौँ । विशेष समारोह सफल पारिदिन सहयोग गर्ने महासङ्घ, गङ्गा पौडेल कर्माचार्यलगायत सबै सबैमा हार्दिक आभार व्यक्त गर्दछु भन्नुभयो र समारोहको समापन गर्नुभयो ।

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *