अख्तियार दुश्मन होईन दोस्त होः आयुक्त राजनारायण पाठक

प्रेमचन्द्र झा

रौतहट, । अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाण्डौंका आयुक्त राजनारायण पाठकले अख्तियार दुश्मन होईन दोस्त हो भने कुरा बताउनु भएको छ । क्रिएटिव ग्रुप अफ नेपाल द्धारा आज शनिवार गौरमा आयोजित रौतहट जिल्ला अन्तरगतका सरकारी कार्यालयका प्रमुखहरुसंग सुशासन सम्बन्धी एक दिने अभिमुखिकरण तथा छलफल कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै आयुक्त पाठकले अख्तियारको हकमा सबै नागरिक समान छन ।

image

सरकारी कर्मचारीहरुलाई इमानदारी पूर्वक काम गर्न निर्देशन दिदै आयुक्त पाठकले न विराउनु न डराउनु भन्नु भयो । मुसो र विरालोको प्राकृतिक हौसियत चित्रण गर्दै आयुक्त पाठकले अख्तियार विरालो बनेर भ्रष्टाचार रुपी मुसोलाई नियन्त्रण गर्नै गरेका छन । जव भ्रष्टाचार मुसो हौसियत भन्दा ठुलो रुप लिएपछि अख्तियार बाघको हौसियतमा भएर नियन्त्रण गर्ने काम गरेको वहाँले वोल्नु भयो ।

अख्तियारले गर्ने कामको प्राकृतिले नै चर्चामा आएको स्विकार गर्दै आयुक्त पाठकले “दम है तो कम नही” हिन्दी भाषामा आफुले कुरा प्रस्तुत गर्नु भयो ।

विगतमा स्थानिय निकायका उजुरी आफुले हेर्ने गरेको बेला थाहा पाए रौतहटमा धेरै मुद्धा छन । रौतहट जिल्ला विकास समितिमा धेरै बिवादहरु छन । स्थानिय निकायको करिव ९० प्रतिशत विकास रकम दुरुपयोग हुने गरेका छन । यस किसिमले भ्रष्टाचार भइ रहे अख्तियार टुलुटुल देखेर बस्दैन कसैलाई छाडनेबेला छैन आयुक्त पाठकले सचेत गराउनु भयो ।

जागीरको शिलशिलामा वा अन्य प्रयोजनले रौतहट आफु लामो समय नवसे पनि यस जिल्ला देखि धेरै लगाव रहेको वहाँले स्विकार गर्नु भयो ।

अख्तियार दुरुपयोग अनुसन्धान मध्यमाञ्चल क्षेत्रिय कार्यालय प्रमुख शंकर वहादुर थापाले अख्तियारको आतंक देखाएर भित्र भित्रै अनियमितता गर्नेलाई अख्तियारले छोडदैन बोल्नु भयो ।

प्रमुख थापाले धन हरायो केहि होइन, स्वास्थय हरायो केहि जान्छ, तर सादाचार हरायो भने सवै थोक जाने भएकोले सदाचार प्रवर्दन गर्न आग्रह गर्नु भयो । कार्यालय प्रमुख र लोखापाल मिलेर गर्ने अनियमिताको परम्परा दोहराउने काम बन्द गरौ भनुहुदै प्रमुख थापाले सक्नु हुन्छ बजेट अख्तियारिको वारेका आफ्ना कार्यालयका सम्पुर्ण कर्मचारी बिच पारदर्शी गरेर काम गर्न सुझाव दिनु भयो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा शिक्षा र स्थानिय निकायका उजुरी दिन प्रतिदिन बढदै गएका छन । उजुरी फरछयोट्का लागी सम्बन्धीत कार्यालय प्रमुखकाृ सहयोगको आवश्यकता छ । बन्दका कारण गर्नु पर्ने धेरै काम बाँकी होला । त्यसैले विगतमा पठाईएका धेरै पत्रहरुको जवाफ नआएको अवस्था छ । तर जानी जानी अटेरी गर्नेलाई गुन्जाइस छैन थापाले बोल्नु भयो ।

हामीले पहिले १५ र ७ दिने चिठी पठाउने गरेको छौ त्यो अवधिमा समेत जवाफ पठाउने सकिएन भन्ने कारण सहित जवाफ पठाउनु होला अन्यथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई प्राप्त अधिकारको प्रयोग गरी विभागीय कारवाहि एक हजार जरीवाना वा एक हपता कैदका लागी सिफरीस गर्न वाध्य हुने छौ प्रमुख थापाले वोल्नु भयो ।

कार्यक्रममा रौतहटका प्रमुख जिल्ला अधिकारी नरहरी बरालले रौतहट जिल्ला लाई वाहीर बदनाम गरे जस्तो नभएको खुलासा गर्नु भयो ।

रौतहटका धेरै जसो मान्छे साकारात्मक, मायालु र सदभाव बनाउने खालको भएको आफुले पाएको प्रजिअ बरालले जिकिर गर्नु भयो । रौतहट राम्रो जिल्ला भएको मेरो घर जस्तो भएको छ, वोल्नु भयो । तर वाहीर खास गरी काठमाण्डौंमा जसरी बदनाम गरीएको छ । कार्यालय प्रमुख भएर विकासे अडडामा आउन मन्दैन ।

कसैको नाम नलिएर प्रजिअ बरालले भन्नु भयो । एउटा गिरोह सक्रिय छ । जसले रौतहटलाई वाहिर बदनाम गराएका छन ।  गिरोह कार्यालय प्रमुख संग अनुचित लाभ लिन चाह्न्छन भन्नु हुदै प्रजिअ बरालले यस्ता क्रियाकलाप निर्मुल पार्नु आजको आवश्यकता हो  ।

जिल्ला विकास समिति रौतहट बारम्बार एमासिपिएममा फेल भएकाले बजेट घटेर जिल्ला लाई ठुलो घाटा भइरहेको वहाँले बताउनु भयो । प्रजिअ बरालले कुनै पनि कार्यालयको काम लुकाएर नगर्न कार्यालय प्रमुखहरुलाई निर्देशन दिनु भयो ।

जिल्ला विकास समितिका स्थानिय विकास अधिकारी बन्दना झाले सुशासनको काममा ध्यान दिनु पर्ने जरुरी रहेको बोल्ने भयो । वर्षदिन लगाएत गर्नु पर्ने काम अबको चारमहिनामा कसरी गर्ने हो अवस्था चुनौती पूर्ण रहेको वहाँले स्विकार गर्नु भयो ।
आयोगको आग्रहमा कार्यालय प्रमुखले सुशासनका निमित गरेका प्रयास बारे जानकारी दिने काममा जिल्ला शिक्षा कार्यालय रौतहटका सहायक जिल्ला शिक्षा अधिकारी रामदरस यादवले तत्कालिन जिल्ला शिक्षा अधिकारी हेमनत कुमार सिंह शिक्षा समिति विस्तारको विषयमा भएको बिवादमा आएको प्रेशर सहन नसकि, आफै आफनो रमाना लिई रातारात भागेको बताउनु भयो । सहायक जिल्ला शिक्षा अधिकारी यादवले धेरै नजिक आई सकेको एस एलसी परिक्षामा जिशिअ नहुने हो भने गम्भीर समस्या उत्पन्न हुने बताउनु भयो ।

जिल्ला स्वास्थय कार्यालयका निमित प्रमुख यूर्योधन चन्द्रवंशीले न्यानो झोला खरिदका लागी आवश्यक प्रकृया शुरु भएको बताउनु भयो । जिल्ला विकास मितिको कार्यालय गौरका आन्तरीक लेखा परिक्षण अधिकारी कृतिराज सुवेदीको जवाफदेहिता सम्बन्धी कार्यपत्रबाट आरम्भ गरीएको कार्यक्रममा सडक डिभिजन कार्यालय प्रमुख अरविन्द कुमार गुप्ता, इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख गिरधारी सुवेदी, मालपोत कार्यालयका प्रमुख सुमेश वाग्ले, सहितका कार्यालय प्रमुखले आफना कार्यालयमा सुशासनका निमित गरेका प्रयास वारे धारणा राख्नु भयो ।

कार्यक्रममा सरकारी कार्यालयमा भएका सुधार गर्नु पर्ने काम बारेमा पत्रकार शिवपुरी, प्रभात झा, प्रेमचन्द्र झा, गौतम श्रेष्ठ मदन ठाकुर जय प्रकास यादव सहितले जिज्ञासा राख्नु भयो ।

क्रिएटिव ग्रप अफ नेपालका अध्यक्ष प्रविण कुमार शर्माको अध्यक्षतामा भएको कार्यक्रममा ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल र जिविस रौतहटको सहकार्य रहेको थियो ।
कार्यक्रमको उदघाटन शत्रमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग आयुक्त राजनारायण पाठक र स्थानिय विकास अधिकारी बन्दना झा लाई जेष्ठ नागरिक समाजका सचिव विजय किशोर झा ले आयोजक संस्था एवं सम्पुर्ण रौतहट वासीको तर्फबाट दोसल्ला ओढाई, फुलमाला र अविर लगाई सम्मान गर्नु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *