अनेसास केन्द्रीय अध्यक्ष पदमा कृष्ण बजगाईंको उम्मेदवारी

सम्वाददाता
लन्डन, ७ मे २०१२

krishna_bajgai_photo_258अन्तर्राष्ट्रिय  नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय समितिको जुन महिनामा हुने नयाँ कार्य समिति (२०१२–१४) कार्यकालको अध्यक्ष पदका लागि लन्डन निवासी साहित्यकार कृष्ण बजगाईंले एक बक्तब्य प्रकाशित गरी आफ्नो उम्मेदवारीको घोषणा गरेका छन् ।

नेपाली भाषा साहित्यको  अन्तर्राष्ट्रिय  विस्तारमा सहयोग पुर्याउने उद्येश्यले स्थापित सो संस्थाको उद्येश्य प्राप्तीका लागि आफ्ना सहयोगी साथीहरुको पूर्ण टिम र कार्य योजना केही दिन भित्र सार्वजनिक गर्ने कुरा बक्तब्यमा जनाएका छन् ।

अनेसास बेल्जियम च्याप्टरको दुइपटक अध्यक्ष, केन्द्रीय कार्य समितिको महासचिवको जिम्मेवारी सम्हाली सकेका बजगाईं अहिले केन्द्रीय समितिमा बरिष्ठ उपाध्यक्ष पदमा छन् ।

चार साहित्यिक कृतिका सर्जक बजगाईंले नौवटा विभिन्न साहित्यिक पत्रपत्रिकाको सम्पादन गरेका छन् । विगत छ वर्षदेखि नियमितरुपमा समकालीन साहित्य डट कम नेपाली(www.samakalinsahitya.com ) तथा अंग्रेजी ( www.en.samakalinsahitya.com)  भाषाको इ–पत्रिका सम्पादन तथा संचालन गर्दै आएका बजगाईं, डायोस्पोरा साहित्यमा उनले पुर्याएको योगदानको कदर स्वरुप विभिन्न साहित्यिक पुरस्कार तथा सम्मानद्वारा विभूषित भएका छन् ।

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *