उर्वर साहित्य समाजको २१औं श्रृंखला सम्पन्न

१५ भाद्र, २०७०

हरेक महिनाको तेस्रो शनिवार श्रृजना र श्रष्टाको सम्मानमा हुँदै आएको उर्वर साहित्य समाजको श्रृंखला त्रिपुरेश्वरको लोकबाजा संग्रहालयमा आज २१औं श्रृंखला सम्पन्न भयो । समाजका अध्यक्ष पारस ढकालको अध्यक्षतामा र निर्मला स्नेहीको संचालनमा  कार्यक्रम गरिएको थियो । बाचित रचनाहरूमा समालोचना गर्दै समालोचक मोहनमणी पोख्रेलले स्तरिय कविताहरू भएका र केहि हरफहरू लेखेर सुनाउँदैमा कविता नहुने तथा ५० वर्ष अघि लेखिएका कविता र अहिलेको कविताको स्तर दाँजेर हेर्नु पर्छ जसको अवसर अग्रज साहित्यकारहरूले दिएका छन् भन्ने बताउनुभयो ।

उक्त अवसरमा अतिथिहरू राम विनय, विष्णु भण्डारी, मोहनमणी पोख्रेल, गोपालकुमार मैनाली, इन्द्रजित शर्मा लगायतको उपस्थिति रहेको थियो । विष्णु भण्डारीले अग्रजहरूबाट नयाँ पुस्ताले सिक्नु पर्छ भन्नुभयो भने राम विनयले युवाहरूको संगतले उर्जा दिन्छ र कवितामा रूप र सार दुबै पक्षको उचित संयोजन हुनु पर्छ भन्नुभयो ।

उक्त कार्यक्रममा सर्जकहरु बिष्णु भण्डारी, एटम बिद्रोही, दिनेश घिमिरे, जि.बि. आचार्य, विजय विश्वास, गोपालकुमार मैनाली, कृष्णप्रसाद ढकाल, निर्भिक राइ, माधब घिमिरे अटल, अञ्जु कट्टेल, शान्ति आचार्य, राम विनय, प्रशान्त खरेल, मिनराज दुवाडी, ओमकार प्रथा, अनु रार्इ पृथक, प्रभाकर पाण्डे, इन्द्रजित शर्मा, असिम सागर, निर्मला स्नेही, मोहनमणी पोख्रेल, पारस ढकाल लगायतले आ–आफ्ना रचना बाचन गर्नुभएको थियो । कार्यक्रमको अन्त्यमा अध्यक्ष ढकालले कार्यक्रममा उपस्थित सबैलाइ अर्को श्रृंखलामा निम्तो दिँदै र उर्वरले आगामी दिनमा पनि यस्तै उद्धेश्यमुलक कार्यक्रमहरू गर्ने कुरा बताउँदै सभा बिसर्जन गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *