उषाको गीति एलबम बजारमा

नारी हक हित र उत्थानका लागि कलम चलाउँदै आएकी उषा थपलियाले यस पटकको तीजलाई लक्षित गरेर तीज गीत तयार गरेकी छन् । “कति झार्ने आँसु अव धक खोली हाँस्ने हो…” भन्ने बोल रहेको उक्त
गीतमा महिलाहरूलाई उनीहरूमा भएको शक्ति र क्षमताको वोध गराउँदै अभिप्रेरणा जगाउने उद्देश्य राखिएको छ ।

तीज, महिलाहरूको लागि नाचको समेत पर्व भएकाले सवै महिलाहरूलाई नाच्न नचाउन मिल्ने गरी फास्ट विटमा उक्त गीत तयार भएको छ । तीजको नाचगान र रमाइलोमा सहयोग पु¥याउँदै गीत सङ्गीतमार्फत महिलाहरूमा सकारात्मक सन्देश प्रवाह गरी अघि बढ्ने प्रेरणा प्रदान गर्नका लागि उक्त गीत ल्याइएको उनको भनाइ छ ।

तीज गीतको साथै देशप्रतिको माया ममतालाई पृथक ढङ्गबाट प्रस्तुत गरी उनले स्वदेश गीत समेत गाएकी छन् । “तिम्रो जस्तै देशको मलाई लाग्छ धेरै माया…” बोल रहेको उक्त गीतमा एउटी युवतीले आफ्नो देश र प्रेमी दुवैप्रति दर्शाएको अथाह माया र समर्पणको भाव समेटिएको छ । प्रत्येक व्यक्ति जिउनुको अर्थ र गौरव आफ्नो देशसँग जोडिने हुनाले सवैको मनभित्र देशभक्तिको भावना रहनैपर्ने उनको भनाई छ ।

यी दुवै गीतको रचना उनी आफैले गरेकी हुन् । तीज गीतमा सङ्गीत वुद्ध स्याङ्वाले दिएका छन् भने देशभक्तिको गीतमा शास्त्रीय संगीतका विज्ञ गुरुदेव कामतले दिएका छन् । यी दुवै गीतहरू श्री मिडिया सर्च एण्ड मुभि मेकर प्रा.ली. मार्फत मिडिया मार्फत प्रसारण भैरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *