काठमाडौंमा बृहत् राष्ट्रिय पुस्तक प्रदर्शनी आयोजना हुने

मितिः२०६९।६।११, काठमाडौं

“समुन्नत समाज, परिष्कृत संस्कार, पठन संस्कृतिको विकास–सबैका हातमा किताब” भन्ने मूल नाराका साथ २०६९ असोज १६ देखि २८ गतेसम्म राष्ट्रिय सभागृह, प्रदर्शनीमार्ग काठमाडौंमा साझा प्रकाशन सहकारी संस्था लिमिटेडले बृहत् राष्ट्रिय पुस्तक प्रदर्शनी २०६९ आयोजना गर्ने कुरा आज एक पत्रकार सम्मेलन मार्फत जानकारी गराइयो । थप जानकारी अनुसार देशभर रहेका साझा प्रकाशनका कार्यालय र बिक्री कक्षहरूमा मिति २०६९ असोज १२ देखि २७ गते सम्म पुस्तक प्रर्दशनी सञ्चालन हुनेछ ।

 

पत्रकार सम्मेलनमा प्राप्त जानकारी अनुसार साझा प्रकाशनले पहिलोपटक मिति २०२९।८।४ देखि २०२९।८।७ सम्म राष्ट्रिय सभागृह काठमाडौं, विराटनगर, नेपालगंज, पोखरा वीरगंज, भैरहवा, जनकपुर, राजविराज, बाग्लुङ, महेन्द्रनगर, जुम्ला र दाङमा एकैसाथ पुस्तक प्रदर्शनी संचालन गरेको थियो भने यस पटक देशका ३ दर्जन भन्दा बढी प्रकाशनगृह र ५०० भन्दा बढी लेखकले आफ्नै तर्फबाट प्रकाशित गरेका विभिन्न भाषा, साहित्य, कला, आर्थिक, सामाजिक, भौगोलिक, ऐतिहासिक, पुरातत्विक, धार्मिक विधा, विषय, क्षेत्र र वाङ्मयका १०,००० भन्दा बढी शीर्षकका पुस्तक समावेश गरिने उक्त प्रदर्शनीमा पाठकहरूलाई विषेश छुट (३०प्रतिसत देखि ९० प्रतिसत सम्म) सुविधा उपलब्ध गराउने व्यवस्था गरिएको  छ अनि गरिमाका सबै अङ्कहरू विशेष छुटमा पाइनेछ र पुस्तक प्रदर्शनी हरेक दिन बिहान ९ बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन  हुनेछ ।

प्रकाशनले २०६७ देखि देशका सबै भाषा, सबै विधा, भूगोल, जाति, लिङ्ग आदिसित सम्बद्ध प्रकाशनसम्बन्धी काम गरिरहेको छ र यसको विकास र विस्तार गर्ने लक्ष्य राखेको छ भने यो प्रदर्शनी देशका आमपाठकले कस्ता पुस्तकप्रति रुचि राखिरहेका छन् भन्नेबारेको सर्वेक्षण पनि हो भनि बताइएको छ ।

उक्त सम्मेलनमा साझाको अध्यक्ष तथा महाप्रबन्धक ममता झा, संचालकहरू हरिगोबिन्द लुर्इटेल, अनिल पौडेल, प्रबन्धकहरू तारा चालिसे, रूद्र प्रसाद न्यौपाने, प्रेमबहादुर कार्की लगायतको उपस्थिति रहेको थियो । उक्त अवसरमा होमनाथ भट्टराइले विश्वमा पुस्तक प्रकाशनको र्इतिहास तथा साझा प्रकाशन स्थापनाको र्इतिहासको संक्षिप्त जानकारी दिनुभएको थियो भने अध्यक्ष ममता झाले प्रदर्शनीको सफलतामा पत्रकार तथा संचार जगतको पनि अहम् भूमिका रहने रहने कुरा बताउँदै उपस्थित सबै सञ्चारकर्मिहरूलार्इ धन्यवाद दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *