गोपाल नेपालका फ्रायडवादी कथा वाचन सम्पन्न

२०७२ मंसिर १९, काठमाडौं

सर्वनाम थिएटर काठमाडौंमा आज अपरान्ह विराटनगरका कवि गोपाल नेपालका फ्रायडवादी कथाहरुको वाचन कार्यक्रम सम्पन्न गरियो ।

image

जनभावना क्याम्पस, काठमाडौंको प्रायोजनमा संचालित उक्त कार्यक्रम गोपाल नेपालका ४ वटा कथाहरु कसरी बाँच्नु पर्छ, रने र भम्पा, आशय कविता हो र प्रभु यशु ख्रिष्टको जन्म मोडल द्वय सीता लामा, यूगज्योति क्रियासील तथा लेखक स्वयंले वाचन गरेका थिए ।

image

कार्यक्रममा मनोज गजुरेल, चट्याङ मास्टर लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सङ्छिप्त समिक्षा गर्दै चट्याङ मास्टरले उचछृङ्खलता रहित यस्ता कार्यक्रमहरु सार्थक हुन्छन् र निरन्तर चलिरहनु पर्छ भन्दै कार्यक्रम समाप्त गरेका थिए ।

image

Leave a Reply

Your email address will not be published. Required fields are marked *