जनताबाट भएको भुलको समिक्षा गर्ने बेला भएको छ – खनाल

२० असोज, २०६९, काठमाण्डु

आज काठमाण्डौमा भएको एक साहित्यिक कार्यक्रममा मन्तब्यको क्रममा पुर्व प्रधानमन्त्रि तथा नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले भने “संबिधानसभाको निर्वाचनमा जसरी परिणामहरु आए र संभवत जनताले जसरी ठुलो पार्टी बनाईदियो त्यो संभवत जनताबाटै भएको एउटा भुल थियो, त्यो भुलको बारेमा समिक्षा गर्ने बेला भएको छ । त्यहि भुलले गर्दा हामीले संबिधान सभालाई संस्थागत गर्न सकेनौं, शान्तीप्रकृया व्यवस्थितरुपले अगाडी बढाउन सकेनौं, आम जनताका जनजीविका संबन्धि समस्याहरुलाई हामीले संबोधन गर्न सकेनौं, त्यसैले गर्दा मुलुक अहिले समग्रतामा सबै क्षेत्रमा संकट तर्फ बढ्दैछ ।” त्यति मात्र नभएर आसन्न संकट तर्फ संकेत गर्दै बताए “संबिधान बनाउन नसकेपछि, संबिधानसभाको अवसान भएपछि, मुलुकले ४ वटा महिनाहरु पार गरेको छ र यि महिनाहरुमा मुलुक अत्यन्त ठुलो र गहिरो संकटतर्फ धकेलिँदै गएको छ ।” खनालका अनुसार यसको कारण सहमति हुन नसक्नुनै हो । “प्रमुख राजनितिक शक्तीहरुका विचमा अझै सहमति हुन सकेको छैन । राष्ट्रिय सहमतिविना मुलुक अगाडीजान सक्दैन । अबपनि राष्ट्रिय सहमति उत्तिकै आवश्यक रहेको छ । जसको लागी म व्यक्तिगतरुपले र पार्टीगतरुपले पनि निरन्तर लागिरहेको छु । राष्ट्रिय सहमति हुनको लागी कठिनाई र चुनौतीहरु थुप्रै छन् ।” संबैधानिक सङ्कट तर्फ सङ्केत गर्दै भने “संबिधान छ हामीसँग तर संबिधानका कैयौं धाराहरु क्रियाशिल छैनन् । अहिले संबिधान संसोधन गर्ने विषयले काम गर्दैन, संसोधन गर्नुअगाडीनै हामीले सदन समाप्त गरि सक्यौं । राजनितिक शक्तीहरुका विचमा सहमतिविना संकट समाधान गर्न सक्दैनौं ।” अहिले सम्म मुलुक आर्थिक सङ्कटको प्रलयबाट नगुजे्रको बारेमा उनले थपे “मुलुकको अर्थतन्त्र ३ वटा कुराहरुबाट चलिरहेको छ । एक भन्सार, अर्को विदेशी सहयोग र तेस्रो रेमिट्यान्सबाट ।” चार महिने बजेट आएको र यसको अवधि असोजको अन्तिम सम्म सकिँदैछ भन्दै उनले थपे “त्यसपछाडि सहमति भएन भने मुलुकमा बजेट आउन सक्दैन । यो देशका प्रधानमन्त्रिको सामर्थ्य छैन र उनलाई सहमति गर्ने क्षमता पनि छैन । अध्यादेशमा बजेट आउन सक्दैन ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *