जन साहित्य यात्राको ५५औ शृङ्खला

जन साहित्यिक मन्च,नेपालबाट मिति२०७०चैत १४ गते देखि सुरु भएको अविरल जन साहित्य यात्राको ५५औ शृङ्खला आज कवि केशव सिल्वालको एकल कविता बाचनबाट सप्पन्न भएकोछ। कबिको प्रकाशित र अप्रकाशित गरि १२ कविता बाचन गरिएको थियो।

बाचन गरिएको कविताको डा ताराकान्त पाण्डेले समिक्षात्मक टिप्पणी गर्नु भएको थियो।
कबिको कविता बाचनमा उर्मिला कोईराला , बम बानियाँ ,तेज बिलास अधिकारी र डा बिन्दु शर्माले सघाउनु भएको थियो।

कार्यक्रमको सुरुमा जन साहित्यिक मन्च,नेपालका अध्यक्ष राम बिनयले अविरल जनसाहित्री यात्रामा हाल सम्मक कबिहरुको स्मरण गर्दै कवि केशव सिल्वालको संक्षिप्त परिचय दिदै उपस्थित सबै कविता अनुरागीहरुलाई स्वागत गरे पछि कविता बाचन सुरु भएको थियो।

अहिले बिचार छायामा परेको बेला बैचारिक स्पष्टताको यस्तो शक्तिशाली कविता आउनु जोखिमपुर्ण छ भन्ने कवि बिमल निभाको भनाई अघि सार्दै डा ताराकान्त पाण्डेले केशव सिल्वालको कवितामा बैचारिक स्पष्टताले कविता शक्तिशाली भएको बिचार राख्दै कविताले बर्तमान बिकृती र बिसंगतिको बिरोध गर्दै सामाजिक रुपान्तरण चाहेको र आबस्यकता भएको बिचार व्यक्त गर्नु भयो।

जसामका केन्द्रिय सदस्य शितल गिरिको उदघोषणमा संचालित कार्यक्रमको संयोजन काब्य संयोजक डा बिन्दु शर्मा, ब्यवस्थापन कोषाध्यक्ष यशोदा अधिकारीबाट भएको कार्यक्रममा अतिथिहरुमा साहित्यकार शान्ता मानबी,जन सांस्कृतिक महासंघका प्रमुखहरु खगेन्द्र राई र सरल सहयात्री ,कवि बिमल निभा,पुरुषोत्तम सुवेदी,शार्दुल भट्टराई ,प्रलेस अध्यक्ष मातृका पोखरेल,आर सि नेउपाने,देबेन्द्र थुम्केली,नर्मदेस्वरी सत्याल,डा मदुसुदन गिरी,मधु गुरुङ्ग,जे बि टुहुरे,नमुना शर्मा लगायतको गुणात्मक उपस्थिति रहेको थियो।
साहित्य कलाकारहरुले बर्तमान सरकारको राम्रो पक्षमा उजागर गर्ने र कमिकमजोरीमा खवर्दारदारी गर्ने दायित्व निभाउनु पर्ने बारेमा चर्चा गरिएको थियो।

सम्पूर्ण उपस्थित महानुभावहरुलाई धन्यवाद व्यक्त गर्दै कार्यक्रमक अध्यक्ष राम बिनयले समापन घोषणा गरिएको थियो। कार्यक्रममा जन सांस्कृतिक महासंघबाट भोलि चैत ९ गते नेपाल प्रज्ञा प्रतिष्ठान कमलादिमा हुने बरिस्ठ नेता तथा गीतकार झलनाथ खनालको ” परिबर्तनका स्वरहरु २ को” प्रधानमन्त्री के पि ओलीबाट लोकार्पण तथा विविध सांस्कृतिक कार्यक्रम हुने बारेमा सहभागीहरु सबैमा निमन्त्रणा पत्र उपलब्ध गराइएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *