नेपालको संघीय शासन प्रणाली लोकार्पित
नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान जाउलाखेलमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री माननीय श्री हृदयेश त्रिपाठीद्वारा “नेपालको संघीय शासन प्रणाली” पुस्तक जुम मिटिङ्गमार्फत विमोचन गरियो । कार्यक्रमको अध्यक्षता प्रतिष्ठानका कार्यकारी निर्देशक डा. राजन खनालले गर्नुभएको थियो भने स्वागत, परिचय र कार्यक्रमको सहजीकरण प्रतिष्ठानका वरिष्ठ अध्ययन निर्देशक श्री विष्णुप्रसाद लम्सालले गर्नु भएको थियो स्वागत मन्तव्यका क्रममा लम्सालले नेपालको विशिष्टता र मौलिकतामा आधारित रहेर संघीयता कार्यान्वयन गर्नु आवश्यक रहन्छ भन्नुभयो ।
उक्त कार्यक्रममा पुस्तक लेखन समूहका नेतृत्वकता तथा प्रतष्ठिानका अध्ययन निर्देशक, श्री त्रिलोचन पोखरेलले प्रतिष्ठानको नियमित कार्य शिलशिलामा सबै तहका सरकार र राजनीतिक पार्टीहरुसँग निरन्तर संवादको क्रममा रहँदा राज्य प्रणालीको सन्र्दभमा साझाबुझाइ आवश्यक रहेको देखिएकाले यो पुस्तक तयार भएको बताउनुभयो । मन्तव्यको क्रममा श्री मेघन नाल्बो (नेपाल प्रतिनिधि, द एसिया फाउण्डेसन) र श्री जेम्स हेजेल (Charge d’ Affairs, अस्ट्रेलियन दुतावास) ले यस पुस्तकको महत्व र सान्दर्भिकताको बारेमा प्रकाश पार्दै यस्ता पुस्तकहरु संघीयता सम्बन्धी ज्ञान बढाउनुका साथै संघीयतालाइ अझ मजबुत बनाउँदै लाजाने भएकाले यस्ता ज्ञान बृद्दीमा द एसिया फाउण्डेसन र अस्ट्रेलियन सरकारको निरन्तर साथ र सहयोग रहने बताउनुभयो ।
पुस्तकको बारेमा चर्चा गर्दै प्रतिष्ठानका निवर्तमान कार्यकारी निर्देशक श्री पुन्यप्रसाद न्यौपानेले कर्मचारी र निर्वाचित जनप्रतिनिधीहरुमा परम्परागत सोच र व्यवहारले जकडिएको कारणले नागरिकले परिवर्तनको अनुभूती गर्न नपाएकाले प्रतिष्ठानको संघीयता अध्ययन केन्द्रले सरल भाषामा प्रकाशन गरेको यो पुस्तक महत्वपुर्ण रहेको बताउनुभयो । चर्चाकै क्रममा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष माननीय श्री बालानन्द पौडेलले यो पुस्तकले समग्र संघीय संरचनाको व्याख्या र छरिएर रहेका महत्वपुर्ण ऐनकानूनहरुको संयुक्त सँगालोको रुपमा महत्व राखेको बताउनुभयो ।
टिप्पणी राख्ने क्रममा माननीय श्री वालकृष्ण खाँड (मुख्य सचेतक, नेपाली कांग्रेस) ले संघीयतालाइ अघि बढाउन निरन्तर अनुसन्धान आवश्यक हुन्छ र यस्ता पुस्तकहरुले त्यस कार्यमा सहयोग पुर्याउने बताउनुभयो । टिप्पणीकै क्रममा माननीय श्री शशी श्रेष्ठ (सभापति, राज्य व्यवस्था समिति, प्रतिनिधि सभा) ले सर्सर्ति हेर्दा स्वस्थ्य आलोचना सहितको यो पुस्तक उद्देश्य प्राप्त गर्न सफल र उपयोगि देखिन्छ भन्नुभयो ।
विमोचन पश्चात मन्तव्य व्यक्त गर्दै माननिय मन्त्री हृदयेश त्रिपाठीले संघीयता हाम्रो आवश्यकता रहेको तर यथाार्थ परकरुपमा अझैपनि राज्य पुर्नसंरचना भैसकेको छैन भन्ने बताउँदै वर्तमान संविधानले राजकियसत्ता र सार्वभौमसत्ता नेपाली जनतामा रहने पहिलोपटक व्यवस्था गरेको छ भन्नुभयो । उहाँले पहिचान अन्त्यहिन हुन्छ भन्दै यो पुस्तकले संविधान र कानूनले गरेको व्यवस्था एकिकृत गरेकाले यो पठनिय र संग्रहनिय रहेको बताउनुभयो । उहाँले यो संविधान र संविधानमा भएका विषयबस्तुहरुको विकल्प अहिले हुन सक्दैन भन्दै संघीयता अध्यनकेन्द्र र प्रतिष्ठानले नेपालको संघीयता अध्ययनको लागि गरेको यो सुरुवात महत्वपुर्ण रहेको बताउनुभयो ।
समापन मन्तवयमा प्रतिष्ठानका कार्यकारी निर्देशक डा. राजन खनालले संविधान लागु भएपछि संघीय प्रणालीको स्थायित्वका लागि निरन्तरको अनुसन्धान हुन जरुरी छ भन्नुभयो । प्रतिष्ठानले यो पुस्तक प्रशिक्षणको सामाग्रीमा पनि प्रयोग गर्नेछ भन्ने बताउँदै यसको उपयोग सबै सरोकारवालाहरुले गर्नुपर्नेछ भन्ने बताउनुभयो । अन्त्यमा माननीय मन्त्रीज्यू लगायत उपस्थित सबैमा हार्दिक धन्यवाद व्यक्त गर्नुभयो । उक्त कार्यक्रममा माननीय मन्त्री हृदयेश त्रिपाठी, माननीय शशी श्रेष्ठ, माननीय देव गुरुंग, माननीय वालकृष्ण खाँड, माननीय लक्ष्मणलाल कर्ण, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग अध्यक्ष बालानन्द पौडेल, नगरपालिका महासंघ अध्यक्ष अशोक कुमार ब्यञ्जु, गाँउ पालिका महासंघ अध्यक्ष होम नारायण श्रेष्ठ, पूर्व कार्यकारी निर्देशक पुण्यप्रसाद न्यौपाने, पीताम्वर शर्मा, कृष्णप्रसाद सापकोटा, विपिन अधिकारी, द एसिया फाउण्डेसन, नेपालका लागि अष्टे«लिया सरकारका राजदुत, लेखन समूह, प्रतिष्ठानका सवै प्राध्यापकहरु, प्रदेश सरकारका प्रमुख सचिवहरु, अन्य प्रशिक्षण प्रतिष्ठानका प्रतिनिधीहरु, प्रादेशिक प्रशिक्षण केन्द्रका प्रतिनिधीहरु, संघीय संसद सचिवालयका प्रतिनिधी, जिल्ला समन्वय समिति महासंघका प्रतिनिधी, भाषा सम्पादक शरच्चन्द वस्ती र पत्रकारहरुको उपस्थिती रहेको थियो ।

