नेपाल पर्यटन बर्ष २०११ र अमेरिकी डिपार्टमेन्ट अफ स्टेट्सको सूचना

ड्रिमल्याण्डनेपालसमाचारस्रोत,

नेपाल पर्यटनबर्ष २०११ कोतयारि हुँदा हुँदैको समयमा यु एस् डिपार्टमेन्ट अफ स्टेट्स, व्युरो अफ कन्सुलर अफेयर्सले जारी गरेको ६ महिना पुरानो भ्रमण सम्बन्धी चेतावनि परिवर्तन नहुनुले पर्यटन प्रवाहमा प्रतिकुलता लयाउने स्पष्ट छ । नोभेम्वर १९, २००९ को यस्तै सुचनाको प्रतिस्थापनमा जुन १५, २०१० मा जारी गरिएको सुचनामा नेपाल भ्रमण गर्न चाहाने अमेरिकी नागरिकहरूलाइ साबधान गराउँदै भ्रमणमा विशेष सावधानी अपनाउन अाग्रह गरिएको छ ।  विगत देखि अहिले सम्म चर्किएको राजनैतिक हिंसाको कुरा उठाउँदै उक्त सुचनामा गत मे ३–७ सम्म नेकपा माअोवादीले गरेको अाम हडताल र त्यसले गर्दा प्रभावित भएको जनजिवनको प्रसँग पनि जोडिएको छ ।

लगभग ६ महिना पछि यसरी पर्यटन वर्षको सुरूवाति क्षण र पर्यटकहरूको घुइँचो हुने समय सम्ममा पनि जारी गरीएको सुचना फेरबदल नहुनुले नेपालको पर्यटन व्यवसायलाइ त घाटा पुर्याउँछ नै साथै पर्यटन वर्षको सफलतामा पनि अप्ठ्यारो परिस्थिति सृजना गरेको छ ।  काठमाण्डु र मुख्य शहरहरूमा बढ्दै गएको अपराध, हिंसा, डकैति र शसस्त्र समुहहरूको लुटपाटको कुरा सँगसँगै चर्चित पर्यटक शहरहरू पोखरा, चितवन, अन्नपुर्ण क्षेत्र र ठमेल जस्ता स्थानहरूमा पर्यटकहरू ससाना झुण्डहरूद्वारा ठगिएको र लुटिएको कुरा सुचनामा उल्लेख गरिएको छ । अाफ्नो व्यक्तिगत सुरक्षाको लागि रात्रिको समयमा हिँडडुल नगर्न, ठुलो मात्रामा नगद, महङ्गा गरगहना लगाएर यात्रा नगर्न सल्लाहा दिएको छ । काठमाण्डु उपत्यकामा सडक यात्राको जोखिम, अनियन्त्रित भिँड, दिनहुँजसो घटिरहने दुर्घटनाहरूको उल्लेख गर्दै सार्वजनिक यातायात, माइक्रोबस र टेम्पोहरूमा यात्रा नगर्न पनि भनिएको छ । सडकहरूको दुरावस्था दर्साउँदै ट्याक्सी यात्रा सुरक्षित हुने भनिएको छ यधपी तिनिहरूको पनि मिटर बिगारेर बढी पैसा असुल्ने उल्लेख गरिएको छ । 

माअोवादीको प्रसँगलाइ जोड गरेर जारी गरिएको जस्तो देखिने सुचनामा सार्वजनिक र सामाजिक चासो र सुरक्षाका कुराहरूलाइ पनि उत्तिकैरूपमा उठाइएकोले गर्दा नेपाल सरकारले सुधार र सुरक्षाका के कस्ता कदमहरू चाल्ने छ हेर्न बाँकिनै छ । निरन्तर अान्तरिक किचलो र जुँगाको लडाइमा व्यस्त नेपालका राजनितिक दलहरूले यसरी विग्रदै गएको नेपालको छविलाइ कसरि सुधार्ने हुन् ? ठुलो मात्रामा पर्यटकहरू भित्रिने पश्चिमि मुलुक अमेरीकाका नागरिकहरूमा नेपाल भ्रमण प्रति फैलन सक्ने वितृष्णाको लहर रोक्न ढिलो भैसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *