नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको  ३५औँ बार्षिकोत्सव सम्पन्न

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले आफ्नो ३५औँ बार्षिकोत्सव यही मङ्सिर १ गते, २०७४ मा मनायो । हरेक बर्षको असोज ११ गते पर्ने यस उत्सव विविध कारणवश यसपटक अनौपचारिक तथा सूक्ष्मरुपमा प्रतिष्ठानका कर्मचारीबीच सम्पन्न गरियो ।

उक्त अवसरमा प्रतिष्ठानले बर्षभरिमा गरेका कार्यहरुको समीक्षाको साथै रणनैतिक कार्ययोजनाको सफल कार्यान्वयनमाथि बरिष्ठ अध्ययन निर्देशकहरुले  प्रकाश पार्नु भएको थियो । सो अवसरमा प्रतिष्ठानका कार्यकारी निर्देशक श्री पुण्य प्रसाद न्यौपानेले प्रशिक्षण, अनुसन्धान तथा परामर्शका क्षेत्रमा प्रतिष्ठानले उल्लेखनीय प्रगति गरेको चर्चा गर्नुको साथै प्रशिक्षण, अनुसन्धान तथा परामर्शका माध्यमद्वारा सरकारी कर्मचारीहरुको कार्य क्षमता अभिवृद्धि गर्ने लक्ष्य लिएको प्रतिष्ठानले केही वर्षमा नै यस क्षेत्रमा ठूलो फड्को मारेको स्मरण गराउनु भयो । प्रतिष्ठानको  नियमावलीमा  उल्लेख भएअनुरुप बस्तुगत सूचाकांकको आधारमा कर्मचारीहरूको समग्र कार्य सम्पादन मूल्यांकनबाट उत्कृष्ट भएका कर्मचारीहरुलाई प्रशंसा पत्र एवम नगद पुरस्कार वितरण गर्दै कार्यकारी निर्देशक श्री  न्यौपानेले प्रतिष्ठानले असल संस्कारको विकास गर्दै लगेको बताउनु भयो ।

प्रशंसा पत्र एवम नगद पुरस्कार पाउनेहरुमा  प्राध्यापन तथा अनुसन्धान समूहतर्फ अध्ययन निर्देशक श्री वसन्तराज सिग्देल, प्रशासनतर्फबाट  टाइपिस्ट श्री दिलिप देउजा र कार्यालय सहयोगीतर्फबाट श्री सरोज महतो हुनुहुन्थ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *