नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा “Public Policy and Governance in South Asia: Towards Justice and Prosperity” विषयक सम्मेलन

आज मिति २०७५ असार १४ गते नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा “Public Policy and Governance in South Asia: Towards Justice and Prosperity” विषयक सम्मेलनको प्रतिष्ठानका कार्यकारी निर्देशक श्री पुन्य प्रसाद न्यौपानेको अध्यक्षतामा शुभारम्भ गरियो ।

शुभारम्भ मन्तब्य बयक्त गर्दै प्रतिष्ठानका बरिष्ठ निर्देशक तथा सम्मेलन आयोजक समितीका अध्यक्ष श्री नारायण गोपाल मलेगोले यो प्रतिष्ठान ३ दशक भन्दा लामो समय देखी प्रशिक्षण, अनुसन्धान र परामर्शको कार्यमा संलग्न रहनुका साथै बिभिन्न किसिमका सेमिनार, कार्यशाला, सम्मेलन ईत्यादीको आयोजना गर्दै आएको छ भन्ने बताउनुभयो । यो सम्मेलन अनुसन्धानकर्ताहरुको लागि एउटा प्लेटफर्म रहेको छ भन्ने बताउँदै यो नेपाल, भारत र बंगलादेशका अनुसन्धान कार्यमा संलग्न संस्थाहरुको सहकार्य र सहयोगको पनि एक नमूना रहेको उल्लेख गर्नुभयो ।

त्यसैगरी उद्घाटन सत्रमै मन्तब्यको क्रममा नीति फाउण्डेसनका कार्यकारी निर्देशक श्री मोहनदास मानन्धरले नेपालले गरीविको रेखामुनीको जनसंख्या घटाउन सफल भएको यसको सार्वजनिक नीतिकै कारणले हो भन्दै यो अझैपनि पुर्ण छैन भन्नुभयो । उहाँले हाम्रो चाहना सार्वजनिक नीति सबै प्रति उत्तरदायी, जवाफदेही र समतामुलक हुनुपर्छ भन्ने हो भन्दै यो सम्मेलनमा हुने छलफलले सार्वजनिक नीति बढी प्रभावकारी बनाउँदै राष्ट्रलाई समृद्धी तर्फ लैजाने विश्वास बयक्त गर्नुभयो ।

त्यसै गरी मन्तब्यकै क्रममा IDRC, Think Tank Initiative का Senior Specialist श्री समर वर्माले यो सम्मेलन अब क्षेत्रीय तहबाट माथी उठेको छ भन्दै आयोजकहरुलाई धन्यबाद दिनुभयो । मन्तब्यकै क्रममा उहाँले बिभेद सबैतिर सबै स्वरुपमा रहेको छ भन्दै कुनै पनि परिवर्तन ज्ञानबाट सुरु हुनुपर्छ तर ज्ञानको उत्पादन, बाँडफाँड र उपयोगमै असमानता रहेको उल्लेख गर्नुभयो ।

अर्का बक्ता काठमाण्डु विश्वविद्यालयका उपकुलपती श्री रामकण्ठ माकजुले र्सावजनिक नीतिमा कार्य गर्ने र प्राज्ञहरु सँगसँगै कार्य गर्नुपर्दछ भन्दै हाम्रो समस्याको समाधान हार्वड र अक्सफोर्डबाट प्राप्त गर्न सकिदैन भन्ने उल्लेख गर्नुभया ।

त्रिभुवन विश्वविद्यालयका उपकुलपती श्री तिर्थराज खनियाले यो सम्मेलन धेरै अनुसन्धानकर्ताहरुलाई एकैठाउँमा ल्याउन कोशेढुंगा भएको बताउँदै सार्वजनिक नीति सबैलाइ एकैरुपमा लागुहुने किसिमको हुनुपर्दछ भन्नुभयो ।

सम्मेलनको उद्घाटन सत्रको समापन मन्तब्यको क्रममा प्रतिष्ठानका कार्यकारी निर्देशक श्री पुन्य प्रसाद न्यौपानेले यो सम्मेलन गत बर्षकै निरन्तरता रहेको, अहिले देशले राखेको समृद्ध भविश्यको प्राप्तीको लागी अनुसन्धनाकर्ता, प्राज्ञ, र्सावजनिक नीति निर्माता तथा अनुसन्धानकर्ताहरु र अन्य विषयगत विज्ञहरुको महत्वपुर्ण भूमीका रहने बताउनुभयो । साथै सम्मेलनमा उपस्थितीको लागी उपस्थित सबैलाई धन्यबाद छ भन्नुभयो ।

यो सम्मेलन भोली मिति २०७५ असार १५ गते समापन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *