प्रगति बादी कवि युद्ध प्रसाद मिश्रको ११०औ जन्म जयन्ती मनाईयो

नेपालका प्रगति बादी कवि युद्ध प्रसाद मिश्रको ११०औ जन्म जयन्ती मनाएर उहाँको नेपालको गणतन्त्र स्थापना गर्नमा उहाँको सृजनाबाट भएको योगदानको स्मरण गरियो।पुस २७मा भएको कार्यक्रममा उहाँको कबिता बाचन,उहाँको बारेमा चर्चा गरेर सम्मान व्यक्त गरिएको थियो।

युद्ध प्रसाद मिश्र प्रतिष्ठाका अध्यक्ष कवि अनिल पौडेलको अध्यक्षताम सप्पन्न कार्यक्रमक प्रमुख अतिथि साहित्यकार तथा पुर्ब मन्त्री शान्ता मानबी,प्रा गोपीरमण उपाध्यय, उपाध्यक्ष डा फनिन्द्र निरौला, साहित्य सन्ध्या र जन साहित्यिक मन्च,नेपालका अध्यक्ष राम बिनयले आआफ्नो धारणा राख्नु भएको थियो।

सचिब लेख निरौलाले संचालन गर्नु भएको कार्यक्रममा कबिको छानिएका कविताहरु कवि रमेश सुभेच्छुक,हरी भण्डारी ,जयन्ता पोखरेल,सुदेश सत्यालले पाठ गर्नु भयो।कवि मिश्रको सुरु देखिको संघर्षरत जीवनको बारेमा छोरी कमला मिश्रले प्रकाश पार्नु भयो भने सचिब डा बाल चन्द्र मिश्रले प्रतिष्ठान स्थापनाको पृष्ठभुमि र यस्को बिकासको बारेमा जानकारी व्यक्त गर्दै उपस्थित सबैलाई र सम्बन्धितलाई धन्यवाद दिनु भयो।

अध्यक्ष अनिल पौडेलले समापन मन्तब्यको क्रममा प्रतिष्ठानले तीन उप समिति :-१)प्रकाशन उप समिति २)अनुसन्धान उप समिति ३)बृत चित्र उपसमिति ४)रचना ,संगीत गायन उप समिति गठ्न गरिएको तथा पुरस्कार राषी बढाउन योजना रहेको जानकारी गराउनु भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *