प्रतिष्ठान अन्तर्राष्ट्रिय स्तरमा पनि क्षमता देखाउन सफल छः मन्त्रि गणेश सिंह ठगुन्ना

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान जावलाखेलमा नेपाल सरकारका नवनियुक्त सह-सचिवहरूलाइ ५ दिने नेतृत्व विकाश कार्यक्रम संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका माननिय मन्त्रि तथा सचिवज्यू तथा मुख्य सचिवज्यूको उपस्थितिमा २०७७ चैत्र १८ गते शुभारम्भ गरियो ।

स्वागत मन्तव्य तथा नेतृत्व विकाश कार्यक्रमको संक्षिप्त जानकारी दिँदै प्रतिष्ठानका वरिष्ठ अध्ययन निर्देशक तथा सार्वजनिक प्रशिक्षण विभागका विभागीय प्रमुख श्री विष्णु प्रसाद लम्सालले यस कार्यक्रमले नीतितहमा जिम्मेवारी प्राप्त गरेका कर्मचारीलाइ आगामि दिशा निर्देशन गर्नेछ भन्दै यो कार्यक्रम सहभागितामुलक र समस्या समाधानमुलक हुनेछ भन्ने बिश्वास व्यक्त गर्दै सहसचिव पदमा नियुक्त हुनुभएका सबै कर्मचारिहरूमा बधाइ ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना ब्यक्त गर्नुभयो ।

कार्यक्रममा मार्गनिर्देशन सहितको शुभकामना मन्तव्य राख्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव श्री एकनारायण अर्यालले सबैलाइ बधाइ र सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । त्यसैगरी मन्त्रालयको अनुरोध स्वीकार गरेर यो प्रशिक्षण कार्यक्रम शुरूवात गर्नुभएकोमा प्रतिष्ठानका कार्यकारी निर्देशक लगायत प्रतिष्ठान परिवारलाइ हार्दिक धन्यवाद व्यक्त गर्नुभयो । उहाँले मन्तव्यकै क्रममा निजामती प्रशासन भित्र धेरै चुनौतीहरू रहेको र कर्मचारीहरूले कार्य गर्दागर्दै पनि नागरिकको धारणा कर्मचारी प्रति नकरात्मकनै रहेको बताउँदै हामीलाइ आवश्यक क्षमता, दक्षता र शीप विकाश गर्न यो कार्यक्रम मताहुनुभएका सब भसम गरेका कृका कउपयोगी हुनेछ भन्ने आशा व्यक्त गर्नुभयो ।

कार्यक्रममा मार्गनिर्देशन सहितको शुभकामना मन्तव्य राख्दै नेपाल सरकारका मुख्य सचिव श्री शंकर दास वैरागीज्यूले महत्वपुर्ण जिममेवारीमा नियुक्त हुनुभएकोमा हृदयदेखिनै बधाइ र सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । उहाँले कार्यरत भन्दा माथिल्लो पदमा पुगेपछि दायित्व, जिम्मेवारी पनि बढ्दै जाने र यसका लागि क्षमता, होसियारी, दक्षले जिम्मेवारी ्ि बढ्दै जानु पृककता पनि बढ्दै जानु पर्छ भन्ने बताउनुभयो । उहाँले मन्तव्यकै क्रममा हामीसँग भएको सिमित स्रोत र साधनको उपयोगले जिम्मेवारी निर्वाहा गर्नुपर्ने हुन्छ जसका लागि शिप, ज्ञान, उर्जा, सकारात्मकता र जिम्मेवारीवोध सदैव हुनुपर्ने बताउँदै यो देशको शीर ठाडो भए मात्र हाम्रो शीर ठाडो हुन्छ र यसको लागि यो कार्यक्रम सफलसिद्ध हुने आशा व्यक्त गर्नुभयो ।

शुभारम्भ तथा मार्गनिर्देशन सहितको मन्तव्य राख्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका माननिय मन्त्रि गणेश सिंह ठगुन्नाले नवनियुक्त सहसचिवहरूलाइ बधाइ तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान राष्ट्रिय मात्रै नभएर शासनिक प्रशिलागि शिप, ज्ञान, सकारा अन्तर्राष्ट्रिय स्तरमा पनि क्षमता देखाउन सफल रहेको र आगामि दिनमा अझ स्रोत र साधन सम्पन्न गराउन र अन्तर्राष्ट्रिय स्तरको बनाउन मन्त्रालयले हातेमालो गर्न तयार छ भन्ने बताउनुभयो । यसै क्रममा नवनियुक्त सहसचिवहरूले जिम्मेवारी र पदिय मर्यादा कायम राख्दै संविधानले दिएको कार्यदिशा र जिम्मेवारी कार्यान्वयन गर्नु हामी सबैको दायित्व हुन्छ भन्नुभयो । त्यसैगरी समृद्ध नेपाल र सुखी नेपालिको महाअभियान सफल बनाउनु छ भन्दै हामीले द्रुत गतिमा अगाडि बढ्दै विकाशका मोडेलहरूलाइ पनि परिवर्तन गर्न जरूरी छ भन्ने बताउनुभयो । त्यस्तै तीन वटै सरकारको समग्र स्वरूपनै नेपाल सरकार हो र त्यस मातहत केन्द्र (संघीय) सरकार, प्रदेश सरकार र सथानीय सरकार हुन् र यसमा कुनै भ्रम रहनु हुँदैन भन्ने बताउनुभयो । संबिधानको दायरा बाहिर हामि जान सक्दैनौं, संघीयता कर्यान्वयन गर्ने र सहजिकरण गर्ने सवालमा सरकार सँधै साथमा रहेको भन्ने बताउँदै आ-आफ्नो अधिकार र सिमा बाहिर गएर गर्ने कार्य अमान्य हुन्छ, संविधान र कानून विपरित हुन्छ र त्यसमा तपाइ (कर्मचारी) हरूको ध्यान जान जरूरी छ भन्ने बताउनुभयो ।

शुभारम्भ कार्यक्रमको समापन मन्तव्य राख्दै प्रतिष्ठानका कार्यकारी निर्देशक डा. राजन खनालले यो अन्तरक्रियात्मक बिधिबाट ज्ञान र शीपको विस्तार गर्ने कार्यक्रम हो र तत्काल कार्यक्षेत्रमा गएर गर्नुपर्ने कार्यका लागि आवश्यक शीप र दक्षताको छलफलका लागि यो कार्यक्रम महत्वपुर्ण हुनेछ भन्ने बताउँदै अनुभवजन्य ज्ञान र सैद्धान्तिक ज्ञानलाइ समिश्रण गर्ने यो महत्वपूर्ण अवसर पनि हो भन्ने बताउनुभयो । अन्त्यमा उपस्थित माननिय मन्त्रिज्यू, मुख्य सचिवज्यू, सचिवज्यू लगायतलाय धन्यवाद दिँदै नवनियुक्त सहसचिवहरूलाइ बधाइ तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो ।

Comments are closed, but trackbacks and pingbacks are open.