प्रलेस प्रतिभा पुरस्कार–२०७७ वासुदेव अधिकारीलाई दिइने

काठमाडौँ । 

प्रगतिशील लेखक सङ्घ, नेपालले वि.सं. २०७७ को प्रलेस प्रतिभा पुरस्कार प्रगतिवादी साहित्यकार वासुदेव अधिकारीलाई प्रदान गर्ने निर्णय भएको छ । प्रलेसका केन्द्रीय अध्यक्ष प्रा.डा. जीवेन्द्र देव गिरीले सो जानकारी दिनुभयो ।

साहित्यिक पत्रकारका रूपमा समेत सुपरिचित अधिकारीका ‘समयका स्वरहरू’, ‘मनको हरियो मनको गीत’, ‘आफन्तलाई सम्बोधन’, ‘युरोस्पर्श’, च्यातिएको शब्दकोश, ‘गायब सभामुख’, ‘बस्तीमा आगो’ नामक कविता, गीत र गजल सङ्ग्रहलगायत विभिन्न फुटकर रचनाहरू प्रकाशित छन् ।

प्रलेसले उक्त पुरस्कारका लागि नाम सिफारिस गर्न उपाध्यक्ष सुशीला प्रधानाङ्गको संयोजकत्वमा एक समिति गठन गरेको थियो ।

प्रलेसको ६९ औँ स्थापना दिवस आगामी असोज ५ गते मनाइँदै छ । उक्त कार्यक्रम भर्चुअल माध्यमबाट सम्पन्न गरिने प्रलेस केन्द्रीय कार्यालयले जनाएको छ ।

Comments are closed, but trackbacks and pingbacks are open.