भानुको भवानी घिमिरे विशेषाङ्क विमोचित

२०६८ । ०६ । ११
काठमाण्डु

भानु साहित्यिक पत्रिकाको भवानी घिमिरे विशेषाङ्क बौद्ध, रामहिटीमा रहेको साहित्य सदनमा भव्यरूपले विमोचन गरियो । प्रमुख अतिथित्रय संस्कृतिविद् सत्यमोहन जोशी, वरिष्ठ साहित्यकार श्याम प्रसाद शर्मा तथा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति वैरागी काइलाले संयुक्त रूपमा उद्घाटन तथा विमोचन गर्नु भएको थियो ।

  

भानु मासिकका प्रमुख सम्पादक राम प्रसाद ज्ञवालीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा घिमिरे पत्नि तथा भानुका प्रकाशक शिवानी घिमिरे, समालोचक राजेन्द्र सुवेदी, गोविन्द घिमिरे, प्रलेस का अध्यक्ष घनश्याम ढकाल, नेपाल साहित्यिक पत्रकार संघका अध्यक्ष रोचक घिमिरे, वरिष्ठ कवि मोदनाथ प्रश्रित, भानुका सम्पादक भट्टराइ, सल्लाहाकार गंगाप्रसाद उप्रेती, गोविन्द भट्ट, संस्कृतिविद् सत्यमोहन जोशी, प्रगतिशिल साहित्यकार श्याम प्रसाद शर्मा लगायतले घिमिरेको व्यक्तित्व, सामाजिक, साहित्यिक पाटाहरू तथा साहित्य र पत्रकारिता कर्मको वारेमा प्रकाश पार्नु भएको थियो ।

  

हिमाल भट्टराइको स्मृती कविता वाचन तथा राम बहादुर पहाडीको स्मृती गजल गायनले उक्त कार्यक्रमको विशेषता बढाएको थियो । प्राज्ञ गजलकार बुँद रानाको गजन गायनले अझै रोचकता थप्न सहयोग पुर्याएको थियो ।

उक्त समारोहमा शिवानी घिमिरेले भवानी घिमिरेका विभिन्न नलेखिएका पक्षहरूको उठान गर्दै भविष्यमा भवानी घिमिरे ट्रष्ट सम्म बनाउने योजना र सपना रहेको कुरा खुलाउनु भएको थियो । अच्युत घिमिरेको मन्तव्यसँगै समापन गरिएको कार्यक्रम लगभग ३ घण्टा ३० मिनेट सम्म चलेको थियो ।

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *