माइतीघर मण्डलामा १०९ वटा मैनबत्ती बालेर मनाइयो रामप्रसाद राई जन्मजयन्ती

काठमाडौँ, १८ फागुन

आज वि.सं. २००७ सालको प्रजातान्त्रिक जनक्रान्तिका योद्धा एवं जननायक रामप्रसाद राईको १०९औँ जन्मजयन्ती । सोही अवसरमा काठमाडौँको माइतीघर मण्डलामा १०९ वटा मैनीबत्ती प्रज्वलन गरी राईको योगदानको स्मरण गरियो ।

रामप्र्रसाद राई स्मृति प्रतिष्ठानद्वारा आयोजित दीप प्रज्वलन कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष देवी घिमिरे, महासचिव देवान राई र सल्लाहकार जय छाङ्छाले ०७ सालको क्रान्तिमा जननायक रामप्रसाद राईको महत्वपूर्ण योगदान रहेको स्मरण गर्दै सरकारले राईलाई यथाशीघ्र राष्ट्रिय विभूति घोषणा गर्नु पर्नेमा जोडका थिए । 

वि.सं. १९६५ फागुन १८ गते भोजपुरको बासिखोरामा जन्मिएका राई १५ वर्षकै उमेरमा वि.सं. १९८० मा इष्टइन्डिया कम्पनीमा भर्ना भएका थिए । ९ वर्ष सैन्यसेवामा कार्यरत उनी पाकिस्तानको क्वेटाबाट राजीनामा दिई स्वदेश फर्किएका थिए । स्वदेश फर्किएपछि नेपाली सेनामा प्रवेश गरेका राई पछि राणाविरोधी जनक्रान्तिमा होमिएका थिए । सिंहदरबार विद्रोहपछि राई रहस्यमय ढङ्गले बेपत्ता पारिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *